रौतहट ,भदौ १९ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहले आफु माथी लगाईएको आरोप बारे खण्डन गरेको छ ।
वडामा भएको नाला निर्माणमा वडा अध्यक्षले मनपरी गरेको भन्दै वडा सदस्य खुबलाल दास र गौरीशंकर पंडितले आफनो नाम जोडी वडावासीमा झुठा भ्रमक छरिरहेको आरोप लगाउनु भयो ।
निर्वाचित जनप्रतिनिधीले बजेट चलाउने अधिकार नरहेको भन्दै वडा अध्यक्षले नै बजेट चलाएको भन्दै लगाएको आरोप झुठा कपोकल्पित र निराधार रहेको वडा अध्यक्ष साहले बताएका छन ।
धरहरीमा भएको नाला निर्माणको सम्पुर्ण जिम्मेवारी वडा सदस्य गौरीशंकर पंडितले लिएर निर्माण कार्य शुरु गराएको र केही ठाउँमा विवाद हुदाँ नालाको काम रोकिए पछि त्यस्को सबै दोस आफु माथि थुपारिएको वडा अध्यक्ष साहले बताए ।
वडा अध्यक्ष साहले मंगलबार वडा कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आफू लाई उपभोक्ता समितिद्वारा भएको नाला निर्माणकार्य संग जोडेर बदनाम गराउने षड्यन्त्र रचेको बताएका छन् ।
केहिदिन धार्मिक यात्राको लागि भारत जादा यता आफ्नै पाइनल बाट निर्वाचित भएका वडा सदस्यहरु बजेटको भागवण्डा नमिल्दा विपक्षीसंग मिलेर आफू बिरोध षड्यन्त्र गरेको बताए ।
अध्यक्ष साहले नाला निर्माणको क्रममा सडकको उत्तरपट्टी रामज्ञा ठाकुरको घर देखि शुरु गरिएको नाला नरायण साह कानुको घर संम्म निर्माण कार्य भएको र बिचको एक ठाउँमा बिधुत्तिय पोलका कारण काम रोकिएको भन्दै त्यसबारे पनि जनतामा गलत भ्रम फैलाउन वडा सदस्य सक्रिय भएको बताउनु भयोे ।
वडा सदस्य दास र पंडितले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट पाँच÷पाँच लाख पाउनु पर्ने र नदिदा जनतामा भ्रम छरिएको बताए ।
सकडको दक्षिण तर्फ रुदल पंडितको घर सम्म नाला निर्माण भएको र मुख्य नाला संग जोडनका लागि स्थानिय तेजनरायण साहको घर एलैनिमा परेको हुदाँ घर भतकाई नाला निर्माण गर्नु पर्ने स्थानियहरुको भनाई पछि काम रोकिएको अध्यक्ष साहले बताए ।
सडकको दक्षिण तर्फ रहेको एलानी जग्गामा तेजनरायण साहले घर नहटाउदाँ निर्माण कार्य रोकिएको र त्यो विवादबारे मुदा जिल्ला अदालतमा चलिरहेको अध्यक्ष साहले भने ।
अध्यक्ष साहले नाला निर्माण नभएको ठाउँमा दुवै वडा सदस्यले विवाद गराएर काम रोकिएको र अहिले आएर त्यसको सबै दोस आफु माथी थुर्पान खोजिएको बताए ।
निर्माण कार्यका सबै जिम्मा लिएको वडा सदस्यहरु नै आफनो जिम्मेबारीबाट पछाडि हटने र आफु चोखो बन्न खोजेको वहाँले बताउनु भयो ।
विधुतको पोल सार्न प्राधिकरणको हाकिम संग कुरा गरि अधुरो रहेको केही ठाँउको नाला पनि सुचारू गराउने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलन मार्फत वडा अध्यक्ष साहले आफू निर्वाचित भएको १६ महिनामा वडामा कायापल्ट हुने खालको विकास गरेको बताए ।
वडा अध्यक्ष साहले विवादका कारण रोकिएको ठाउँमा सहमति भए अउदो सोमबार देखि निर्माण कार्य शुरु गरिने प्रतिवद्धता जनाउनु भयो ।
अध्यक्ष साहले वडा भरिमा कृषि कार्यको लागि विधुतिय पोल समय समयमा किसानलाइ मल खाद बीउ विजन एक्सप्रे टंकी ,बाटोघाटो, नाला निर्माण, जिर्न अवस्थामा रहेको स्वास्थ्य चौकीको मर्मत संम्भार र वडा कार्यालयमा रंग रोदन गरि सञ्चालन लगायतको थुप्रै विकास निर्माणकार्य गरिसकेको र बाकी रहेको कार्य यस आर्थिक वर्ष २०८०÷८१ मा गरिने लक्ष्य रहेको बताएका छन् ।
More Stories
भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन
फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी
धरहरीकाे राधाकृष्ण मन्दिर आकर्षणकाे केन्द्र बन्दै असार ३१मा प्राण प्रतिष्ठा