रौतहट,भदौ १९ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् । उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ जना मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ४४ मत खसेको थियो ।
साहले चार सय ८८ मत पाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार संतोष कुमार चौधरीले ३ सय ४९ मत पाए । साह र चौधरीले प्यानलसहित प्रतिष्पर्धामा रहेका थिए । ५ स्वतन्त्र रुपमा सदस्य पदमा चुनाव लडेका थिए ।
संघको सदस्यहरुमा रामबाबु साह तेलीले ४ सय ६,बिनोद साह बनियाले ३ सय ८०,सुशिल कुमार साहले ३ सय ७८,उपेन्द्र कुमार चौधरीले ३ सय ७३,चुनचुन प्रसाद यादवले ३ सय ६५,मनोज प्रसाद गुप्ताले ३ सय ५८,शिवजी प्रसाद चौधरीले ३ सय ५८ मत प्राप्त गरि सदस्य पदमा विजयी भएको निर्वाचन समिति संयोजक पंण्डित प्रसाद जयसवालले जानकारी गराउनु भयो ।
त्यस्तै सदस्यहरुमा गजेन्द्र महतो कोइरीले ३ सय ५७,रामइश्वर साहले ३ सय ५५,छठु प्रसाद साहले ३ सय ५४,सुशिला देवीले ३ सय ५४,महाशक्ती साह निरालाले ३ सय ४५ र रमेश कुमार रौनियरले ३ सय ४४ मत प्राप्त गरि सदस्य पदमा विजयी भएको उनले जानकारी गराउनु भयो ।
अध्यक्षमा विजयी उम्मेदवार सतिश साहको प्यानल बाट ७ जना सदस्य विजयी भएको छन् । भने पराजित अध्यक्ष पदमा उम्मेदवार प्यानल बाट ६ जना सदस्य विजयी भएको निर्वाचिन समितिले जनाएको छ ।
More Stories
भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन
फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी
धरहरीकाे राधाकृष्ण मन्दिर आकर्षणकाे केन्द्र बन्दै असार ३१मा प्राण प्रतिष्ठा