रामप्रवेश बैठा
राैतहट भदौ १६ गते।
रौतहटकाे फतुवा बिजयपुर नगरपालिकामा नयाँ वडा शाखा सञ्चालनमा लयाएकाे छ।
साे नगरपालिकाकाे वडा नम्बर २ स्थित पर्ने सितलपुर र बैरगनियाका आधि गाउँ पर्ने बैरगनियामा आज वडा शाखा सञ्चालनमा भएकोले वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय यादवले पहिला दुई गाउँ को वडा कार्यालय सितलपुरमा थियाे र बैरगनिया गाउका केही जेष्ठ नागरिक बृद्ध आमा अपाङ्ग र महिला को सितलपुर जान को कठिन भईरहेकाे थियो त्यसै कुरालाई मध्यनजर गर्दै आज वडाअध्यक्ष यादवले साे वडा शाखा सञ्चालनमा लयाईकाे छ।
आफ्नो लगानीले आज बैरगनिया टोलमा एउटा रूम भाडा लिएर वाडा शाखा आज देखि सुरु गरेको छ। यस्ता कार्य सञ्चालन भए संगै स्थानीयहरूले खुशि भई वडा अध्यक्ष यादवलाई धन्यवाद ज्ञापन गरेका छन।
साे कार्यक्रममा वाड सदस्य प्यारे लाल यादव, शेरबहादुर पटेल,नैना दैवी,राज कुमारी, शिवमंगल पटेल हरिकिशोर प्रसाद लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि पत्रकार र भद्रभलादमीहरूको उपस्थितीमा उद्घाघाटन सम्पन्न भएकाे छ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय