July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

वडाअध्यक्ष संजय राय यादव को फेरि अर्को सराहनीय कार्य

राम प्रवेश बैठा १३  गते  भाद्र

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ सितलपुर श्री माधमिक बिधालयमा आज सोही वाड का अध्यक्ष संजय राय यादव को अध्यक्षतामा भाई बहनको प्यार रक्षाबन्धन त्यहबार को उपलक्ष्यमा सम्पूर्ण शिक्षक शिक्षिका र बिधार्थीहरु को बिच एउटा सानो उदाहरणीय भाई बहनामा स्नेह हुनको लागि बिभिन् किसिमको संस्कृति प्रोग्राम गरि प्रोत्साहन दिने कार्य भएको साथै जनै पूणिर्मा अथवा रक्षा बन्धन नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको लामो आयु र हरेक विघ्न-बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी-बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ ।