July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मातृशोकमा रहेकी रेणुलाई बालेनको समवेदना ‘अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस्’

 

काठमाडौं, २७ असार ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले मातृशोकमा रहेकी भरतपुर महानगर प्रमुख रेणु दाहालप्रति समवेदना प्रकट गरेका छन् । आज (बुधबार) विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी एवं मेयर रेणुकी आमा सीता दाहालको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भनी मेयर बालेनले रेणुप्रति समावेदना प्रकट गर्दै स्वर्गीय सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु । सम्माननीय प्रधानमन्त्रीसमेत रहनुभएका तपाईँका पिताले सहयात्री, जीवनसंगी गुमाउनु भएको अवस्थामा तपाईँले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’– मेयर बालेनले सामाजिक सञ्जालमा भनेका छन् ।