काठमाडौं–
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले पुन: रकम खिच्ने भएको छ। यसअघि यही महिनामा २ पटक गरे २३ अर्ब राष्ट्र बैंकले तानिसकेको छ।
राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै रिभर्स रिपोमार्फत् २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको बताएको छ। विज्ञप्तिमा असार २९ गतेसम्मका लागि बोलकबोलमार्फत् २० अर्ब खिच्न लागेको उल्लेख छ।
यसअघि २०७९ माघ महिनामा बैंकहरुबाट पैसा खिचेको थियो। सो महिना ५ अर्ब रुपैयाँ तानेको थियो।
नेपाल राष्ट्र बैंकले गर्ने रिपो भन्नाले के बुझिन्छ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे