असार लागेसँगै सरकारले भुक्तानीलाई तीव्रता दिएको छ । पछिल्ला दिनहरूमा दैनिकजसो १५ देखि २० अर्ब रुपैयाँ हाराहारीको भुक्तानी भइरहेको छ ।
मन्त्रालय, विभाग तथा मातहतका निकायहरूबाट असार १५ गते यता मात्र खर्ब हाराहारीको भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सोमबार मात्र सरकारी निकायले १८ अर्ब ४० करोड रुपैयाँ बराबरको भुक्तानी गरेको थियो ।
आज मंगलबार सरकारी कार्यालय खुलेसँगै थप ९ अर्ब १२ करोड ६५ लाख रुपैयाँ बराबरको भुक्तानी भइसकेको महालेखाले जनाएको छ । जसमध्ये १ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुँजीगततर्फ भुक्तानी भएको हो । अचानक बढेको भुक्तानीको बाढीले असारे विकासको निरन्तरता यस वर्ष पनि देखाएको छ ।
तथापि, वर्षभरिको कामको भुक्तानी एकैपटक असारमा आएर हुने भएकाले पनि यो समयमा भुक्तानीको चाप पर्ने गरेको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनाल बताउँछन् ।
‘चैत मसान्तअघि नै काम भएको भएपनि विविध कारणले भुक्तानी रोकिँदा यसको चाप असारमा पर्ने गरेको छ । तर, कामै नभएर भुक्तानी भएको भने होइन’ खनालले भने, ‘अर्थ मन्त्रालयले रकम निकासा नगरिदिएर हो, यस्तो भुक्तानी अझ बढ्न सक्छ ।’
हाल अर्थ मन्त्रालयले वित्तीय व्यवस्थापनका लागि भन्दै मन्त्रालय, विभाग तथा सरकारी निकायहरूलाई मागे जति रकम निकासा गरिरहेको छैन । यसले पनि कतिपय विकास निर्माणको भुक्तानी हुन नसकेको सूचना अधिकारी खनालले रातोपाटीसँग बताए । तैपनि चालु आर्थिक वर्षको बजेट २५ प्रतिशत खर्च नहुने देखिएको छ ।
More Stories
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे