July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

sf7df8fF},!) c;f/M k|ltlglw;ef a}7s k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuLx/ . tl:a/ M /Tg >]i7÷ /f;;

राष्ट्र ऋण कहाँ खर्च गर्ने? सांसदहरुले सरकारलाई दिए यस्तो सुझाव

 

काठमाडौं : 

प्रतिनिधि सभाको आइतवारको बैठकमा सांसदहरुले ऋण लिएको रकम उत्पादनशील क्षेत्रमा खर्चन आग्रह गरेका छन्। ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’माथिको छलफलमा सांसदहरुले अर्थतन्त्रलाई अनुशासन र सन्तुलनमा राख्दै कम ऋण लिने स्थिति सिर्जना गर्न पनि माग गरे।

सो विधेयकमाथिको संशोधन प्रस्तावको छलफलमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले बाह्य र आन्तरिक ऋणमा गरिएका प्रस्तावहरु यथार्थपरक नभएको टिप्पणी गरे।

नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीले ऋण लिएर पनि सेवा वा वस्तु उत्पादनमा खर्च गर्न सकेको अवस्थामा मात्र ऋण बढाउन सुझाव दिए। भने, ‘सेवामा र वस्तुको उत्पादनमा खर्च गर्न सकिएको छैन। ऋण लिएर पूँजीगत खर्च गरिरहनुपर्ने अवस्था छ।’

एमालेका अमृतलाल राजवंशीले वित्तीय अनुशासनमा बस्न सकेमात्र ऋणको उपयोग सही ढङ्गले हुनसक्ने बताए।

सांसद शिशिर खनालले भने, ‘पछिल्लो दश वर्षमा जम्मा ऋणको रकम तीन गुनाले बढेको छ। पूँजीगत खर्चमा भन्दा ऋणको ब्याज तिर्नमा बढी खर्च गरिरहेका छौँ।’

कांग्रेसका प्रदीप पौडेलले अर्थतन्त्रले सन्तुलन गुमाएको भन्दै सरकारलाई ऋण लिने विषयमा सचेत हुन ध्यानाकर्षण गराए।

उनले भने, ‘ऋणका कारण हरेक वर्ष हाम्रो बजेट प्रभावित भएको छ। वित्तीय अनुशासनमा नबस्दा अहिलेको अवस्था आएको हो। अब उत्पादनको क्षेत्रमा ऋणको प्रयोग बढाऔँ।’

जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले ऋणको सदुपयोग गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन्। उनले ऋणलाई उत्पादनमूलक बनाउन, कृषि र पर्यटनमा कर्जा लगानी गरेर रोजगारी बढाउनुपर्ने बताइन्।

सांसद बिजुला रायमाझीले ऋणको भार नबढाउन सुझाव दिइन्। सांसद सोबिता गौतमले सरकारलाई ऋण घटाउन सुझाव दिइन्। उनले ऋणलाई उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘अब पनि ऋणलाई सकेसम्म कम गरौँ। ऋण लिनैपरे पनि उत्पादनाशील क्षेत्रमा खर्च गरौँ।’ रासस