काठमाडौँ ।
लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी परिसंघले सम्पन्न गरेको २०औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
उनले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाइमा पुर्याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने वाचा गरेका छन् । यसका साथै नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठुलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रो पटक सम्मान गरेको छ । साधारण सभाको उद्घाटन समारोहका बीच परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको भनी कदर सम्मान गरेको थियो ।
सो सम्मान सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरिएको थियो ।
More Stories
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी