काठमाडाैं
ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले पक्राउ पुर्जीविरुद्ध स्टेअडर लिएको पाइएको छ ।
आज (मंगलवार) प्रहरीले पक्राउ गरेका कलाधर देउजा, भूपेन्द्रमणि केसी र अर्का एक जनाले उच्च अदालत पाटनबाट स्टेअर्डर लिएको पाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
उनीहरूलाई बाहिरबाटै अनुसन्धान गर्नेगरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।
‘उनीहरूले स्टेअर्डर लिएका छन्, उनीहरूलाई हामीले बाहिरबाट अनुसन्धान गर्नेगरी आफन्तको जिम्मा लगाउँछौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने ।
प्रहरीले आज भाटभटेनी सुपर मार्केका सञ्चालक मिनबहादुर गुरूङ, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको थियो ।
More Stories
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे