May 28, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

काठमाडौँ महानगरले फनपार्कबाट व्यावसायिक कर उठाउने, कति तिर्नुपर्ला ?

 

काठमाडौँ /

 काठमाडौँ महानगरपालिका भित्र सञ्चालित फनपार्कले अब महानगरपालिकालाई व्यवसाय कर तिनुपर्ने भएको छ ।

आर्थिक ऐनको अनुसूची ७ मा फनपार्क थप गर्दै महानगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।

महानगरपालिकाको आर्थिक ऐन अनुसार ५ रोपनीसम्म क्षेत्रफल भएको फनपार्कले महानगरपालिकालाई १० हजार रुपैयाँका दरले व्यवसाय कर तिर्नुपर्ने जनाएको छ ।

यस्तै, १० रोपनीसम्म २० हजार र १० रोपनीभन्दा बढीलाई ३० हजार रुपैयाँका दरले अब व्यवसाय कर लाग्ने भएको