May 24, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पशुपति जलहरी प्रकरण : उजुरीकर्ता वैद्य र ढुंगानाले प्रवेश पाएनन्

 

काठमाडौं ।

पशुपतिनाथमा चढाइएको सुनको जलहरीमा अनियमितता भएको भन्दै परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको छ ।

पशुपति परिसरमा अख्तियार, गुणस्तर तथा नापतौल विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र रत्न तथा आभूषण व्यवसायी संघका प्रतिनिधि सहभागी भएर सुनको जलहरी जोख्ने काम भइरहेको छ ।

तर, उजुरीकर्ता वाग्मती प्रदेशसभाका पूर्वसदस्य नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानालाई भने प्रवेश दिइएको छैन । बैद्यले उजुरीकर्ता र पूर्वकोषाध्यक्ष्समेत भएको भन्दै आफूलाई पनि जलहरीको नापजाँचमा सहभागी गराउन माग गरे पनि अस्वीकार गरिएको बताए ।

“मैले उजुरीकर्ता र क्षेत्र विकास कोषमा कोषध्यक्षका रुपमा काम गरेको व्यक्तिका हैसियतमा त्यहाँ सहभागी गराइयोस् भनेको थिएँ । तर, उहाँहरुले प्रमुख आयुक्तको आदेश लिएर आउनुस् भन्नुभयो,” बैद्यले बाह्रखरीसँग भने, “मलाई सहभागी नगराइए पनि अनुसन्धान विश्वसनीय होस् । पशुपतिनाथलाई विवादित बनाउने काम नहोस् । चाँडो म्ुद्दा छिनोफान होस् ।”

उनले दोषी भए कारबाहीको दायरामा ल्याउन माग गर्दै दोषी नभए पनि सफाइ दिएर जनताको आस्थाको केन्द्रको विवाद चाँडो समाधान गर्न माग गरे ।

“दोषी फेला परे पाता कस्नु पर्यो र कानुनी दायित्वको भागि बनाउनुपर्यो । हैन भने सफाइ दिएर अघि बढ्नुपर्यो,” बैद्यले भने, “आम जनता र देशविदेशका हिन्दुहरुको आस्थाको केन्द्रलाई विवादित बनाएर राख्नुभएन । चाँडो टुंग्याइयोस् ।