काठमाडौं, ७
असार । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रपतिको कार्यालय शितल निवासलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा आज सुनुवाई हुन लागेको हो । उक्त मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।
राष्ट्रपति पौडेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । उक्त नागरिकता विधेयक प्रमाणीकररण संविधान र व्यवस्थाको विरुद्धमा भएको भन्दै उनीहरुले सर्वोच्चमा रिट निवेदन लगेका हुन् । उक्त मुद्दामा सर्वोच्चले यसघि अन्तरिम आदेश दिएको थियो ।
More Stories
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी