कामाडौंठ-
नागरिकता ऐनसम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी परेको छ। उनीहरुको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी रहेको छ।
यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएका कारण उक्त मुद्दाले प्राथमिकता पाउँदै आएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेसहितले दायर गरेको रिटमा सुनुवाइ भएमा अन्तरिम आदेशको बारेमा निर्णय गर्नेछ। यदि सर्वोच्चले अन्तरिम जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा फैसला नभएसम्म रोक लाग्नेछ।
सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेमा भने ऐन कार्यान्वयनको बाटो खुल्नेछ। योसँगै नागरिकता वितरण सुरु गर्ने तयारी गृह मन्त्रालयको छ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे