राम प्रबेश बैठा रौतहट । जेठ २४ गते
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत धरहरीमा देवाही गाेनाहीका नगर प्रमुख प्रेमलाल साह कानुले सडक ढलानको शिलान्यास गरेका छन् । देवाही गोनाही नगरपालिकाको वडा नं.९ धरहरीमा नगर प्रमुख साहले सडक ढलानलाई बुधबार शिलान्यास गर्नु भएको हो ।
मधेश प्रदेश सरकारको कुल बजेट २५ लाखको लागतमा हुने ढलान कार्यको नगर प्रमुख साहले बिधिपुर्वक शिलान्यास गर्नु भयो ।
वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा नगर प्रमुख प्रेमलाल साहले धरहरी देखि दिपही जाने सडकको करिब २ सय १० मिटर ढलान कार्य हुने नगर प्रमुख साहले बताए ।
वडा अध्यक्ष वीर बहादुर साहका अनुसार सो सडको ढलान कार्य असारको २० गते भित्र संम्पन हुने गरि सुरु गरिएको बताउनु भयो ।
लामो समयदेखि यो सडकलाई ढलान गर्ने नगर प्रमुख साह र आफनो चाहना आज पुरा भएको वडा अध्यक्ष साहले बताए ।
नगर प्रमुख साहले यो सडक खण्डले गाउँ र स्कुललाई जोडने काम गर्छ । यसको प्रत्य रुपमा बिधार्थी र किसान दुवैलाई फाइदा हुँने बताए । साथै नगर प्रमुख साहले छिटै गाउँका सडकहरु पनि ढलान हुने बताए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय