,मधेस खबर २४ गते जेठ
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीमा रहेको श्री प्राथमिक बिधालयमा दुइ कोठे भवन शिलान्यास भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिने भवनको बुधवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।
सो नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने भएको छ । गरुडा नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको मेयर जयसवालले बताउनु भयो ।
भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धि गराउन समेत गरुडा नगरपालिका अग्रपंक्तिमा रह्न लागि परेको मेयर जयसवालको भनाइ छ ।
सो अवसरमा स्थानिय भद्रभलादमी,बुद्धिजिवी,शिक्षाप्रेमी लगायत भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह