July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको माधवनारायणका मेयर यादवले गरे आगलागी पिडितलाइ समाग्री वितरण

राजु श्रीवास्तव,गरुडा,चैत २७ गते
रौतहटको माधवनारायण नगरपालिकाकामा आगलागी पिडितलाइ राहत सामाग्री प्रदान गरिएको छ । एक कार्यक्रमका बिच नगर प्रमुख बैजनाथ प्रसाद यादवले राहत सामान वितरण गर्नु भएको हो । आइतवार सो नगरपालिकाको वडा नम्बर ४ माइधिया मानपुरमा भिषण आगलागी भएको थियो । जसमा २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
सोही आगलगीका पीडित परिवारहरुहरूलाई राहत समाग्री प्रदान गरिएको हो । आगलागी बाट पीडित परिवारहरुलाई प्रति परिवार एक एक थान ग्यास सिलेन्डर चुल्हो , चामल , दाल , झुल तथा भाडाबर्तन लगायतका साम्रागी हस्तान्तरण गरेका हुन् ।
स्मरणियहोस् विसुनपुर्वा मानपुर टोल वस्ने दिनकर मुखियाको खपडाको छानो भएको कच्चि घर र घरभित्र रहेको अन्नपात लत्ताकपडा, गर गहना, भाडाकुडा लगायत अन्दाजी मुल्य सत्र लाख वरावरको क्षति भएको थियो भने बिकाउ मुखिया खरको छानो भएको कच्चि घर र अर्को ईटाको पर्खाल भएको खरले छाएको घर र भरभित्र रहेको लत्ता कपडा, अन्नपात, गरगहना जली नष्ट भएको र बाख्रा–१ वटा, खसी–१ वटा जली मृत्यु भएको समेत गरी अन्दाजी मुल्य रु. आठ लाख बरबारको क्षति भएको थियो ।
सोही ठाउँ बस्ने नन्दलाल मुखियाको खरको छानो भएको कच्चि घर र घर भित्र भएको फर्निचर लगायत अन्दाजी मुल्य रु. दुई लाख,बलकेशिया देवी को खरको छानो भएको कच्चि घर र भरभित्र रहेको नगद तिन लाख, अन्नपात, लत्ताकपडा , गर गहना गरी अन्दाजी मुल्य नौ लाख,हरेशि मुखियाको खपडाको छानो, इट्टा सिमेन्टको पिलर भएको घरको कच्ची भाग र घरभित्र रहेको नगद दुई लाख , अन्नपात , (बाख्रा–१ मरेको) ,गरगहना समेत गरि अन्दाजी मुल्य रु.आठ लाख,महेशी मुखियाको खरको छानो भएको कच्ची घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, गरगहना, फर्निचर, नगद रु.तीन लाख ÷ बाख्रा १ जलि मृत्यु भएको , अन्दाजी मुल्य रु.दश लाख, जोगिन्द मुखियाको कच्ची घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा,भाडाकुडा ग्याँस सिलिन्डर, नगद रु.पन्द्र हजार समेत गरी अन्दाजी मुल्य रु.पाँच लाख,नेमीलाल मुखियाको काठको कच्ची घर र घरभित्र रहेको अन्नपात,लत्ताकपडा भाडा कुडा, गयाँस सिलिन्डर, नगद रु. दुइ लाख सतरी हजार र अन्दाजी मुल्य आठ लाख ,जिनीस मुखियाको कच्ची घर र घरभित्र रहेको अन्नपात लत्ताकपडा,कागजपत्र, नगद रु.पचीस हजार समेत गरी अन्दाजी मुल्य रु.छ लाख,इन्द्र देव भगत मालिको खपडाले छाएको कच्ची घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा, नगद रु.एक लाख पचास हजार गरी जम्मा अन्दाजी मुल्य रु.सात लाख बराबरको क्षति भएको थियो ।
त्यस्तै साही ठाउँ बस्ने मोति भगत मालि भुस राख्ने कच्चि घर र घरभित्र रहेको १ वटा बाख्रा जलि मृत्यु भएको समेत गरी अं.मु. रु. तीन लाख, बद्रि भगत मालि भुस राख्ने घर पुर्ण रुपमा जलि नष्ट भएको, खपडाको छानो, ईटाको पर्खाल भएको घर आंशिक रुपमा क्षति भएको, खाना पकाउने कच्चि घर भित्र रहेको लत्ताकपडा, गरगहना गरी अन्दाजी छ लाख,विशाल भण्डारी खपडाको छानो भएको कच्चि घर आंशिक क्षति भएको अन्दाजी एक लाख,मनोज मुखियाको कच्चि घर पुर्ण जलि नष्ट भएको उक्त घरमा रहेको अन्नपात, गरगहना, भाडाकुडा लत्ताकपडा गरि अनदाजी मु.रु.पाँच लाख, रामविवेक रायको १तल्ले पक्कि घरको झ्यालमा सामान्य क्षति भएको अं.मु.रु.पचास हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्त सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार रौतहट जिल्ला भरीमा जम्मा अन्दाजी मुल्य एक करोड सोह्र लाख पैतीस हजार वरावरको धनमाल जली क्षति भएको र मानवीय क्षति नभएको बताए ।