राम प्रबेश बैठा गरुडा,चैत २६ गते
रौतहट जिल्लाको मध्य भागमा रहेको मौलापुर नगरपालिकामा स्थापित नेपाल विधुत प्राधिकरण मौलापुरको कार्यालय प्रमुखकाे अध्यक्षतामा कार्यक्रम गरिएको सोही विधुतीय सुरक्षा दिवस मनाएको छ । विधुत दुर्घटनाबाट बच्न सचेत रहौं,समृद्धिको लागि बिधुतको सदुपयोग गरौं,विधुतीय सुरक्षा चुहावट नियन्त्रण र किफायती उपयोग भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो ।
देशैभरी विधुतीय सुरक्षा दिवस मनाउने क्रममा मौलापुर वितरण केन्द्रले पनि भव्यताका साथ मनाएको हो ।
विद्युतीय दुर्घटनाका कारण मानिसको मृत्यु हुने, घाइते हुने क्रम बढिरहेको बेला त्यसबाट जोडिन जनचेतना जगाउने उद्देश्यले हरेक बर्ष विद्युतीय सुरक्षा दिवस मनाउने गरिन्छ ।
विद्युतीय दुर्घटनाबाट जोगिन र सचेत रहने विषयमा उपभोक्तालाई जनचेताना दिईएको छ । नेपालमा हरेक वर्ष विद्युतीय दुर्घटनामा पर्ने गरेको र त्यसमा कतिपयको मृत्यु हुने गरेको छ । यस्ता दुर्घटनाहरु नहोस् भन्ने उदेश्यले विद्युतीय सुरक्षा दिवस मनाइने गरिन्छ ।
देशव्यापीरुपमा विद्युत सुरक्षा दिवस मनाएकाले प्राविधिक कर्मचारीहरु लाइ पनि सुरक्षामा ध्यान पुर्याउन मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश यादवले आग्रह गर्नु भयो । सो अवसरमा केन्द्रमा कार्यरक्त कर्मचारीहरु सहित कार्यालयमा पुगेका उपभोक्ताहरुको पनि सहभागिता रहेको थियो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।