आरके श्रीवास्तव,गरुडा,फागुन १८ गते
रौतहटको कटहरिया नगरपालिकामा पुनः ताजगी तालिम तथा ग्राहक सदस्य उत्प्रेरण कार्यक्रम सम्पन्न भएको छ । कटहरियामा रहेको डिप्रोक्स लघुवित वितिय संस्था लि. शाखा कार्यालय कटहरियाले आफनो ग्राहक सदस्यहरुलाइ एक दिने तालिम दिएको हो ।
शाखा कार्यालयको प्रांगणमा डिप्रोक्स लघुवितका मधेश प्रदेश प्रतिनिधी राजनारायण ठाकुरले प्रशिक्षण दिनु भएको थियो । ठाकुरले वितिय साक्षरता,वितिय सेवाकोे पहुँच,कर्जा सदुपयोगिता,एकल कर्जा सिमाको महत्वको विषयमा प्रशिक्षण दिनु भएको थियो ।
तालिममा करिब ३५ जना महिला सदस्यहरको सहभागिता रहेको डिप्रोक्स लघुवित शाखा कटहरियाका शाखा प्रबन्धक संजय लाल दासले जानकारी गराउनु भयो ।
रौहतटमा डिप्रोक्स लघुवितको २०५८ सालमा विधिवत स्थापना भइ संचालनमा रहेको संस्थाको कटहरिया शाखाले २२ किलोमिटर भित्रका नगरपालिका तथा गाउँपालिकामा लघुति सम्बन्धी आय आर्जन गरि आर्थिक तथा समाजिक रुपमा उथान गर्ने उदेश्यले २ हजार ८ सय ६ सदस्यलाइ बतच तथा कर्जा प्रवाह गरेको प्रबन्धक दासले बताए ।
साथै घरायसी तथा समाजिकरुपमा आर्थिक उन्नती गराइ व्यवसाय सिपमूलक गर्न यस्तै विभिन्न तालिमहरु दिदै आएको उनलेको भनाइ छ । हाल कटहरिया शाखाले १ हजार ६ सय ५२ सदस्यलाइ धितो तथा बिना धितो कर्जा प्रवाह गरि कर्जा ग्राही सँग उठाउन बाँकि रकम ३६ करोड रहेको दासले जानकारी गराए ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।