रामप्रवेश बैठा,रौतहट, फागुन १६ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा उपसचिवको आगमन भएको छ । सो नगरपालिकाको नयाँ हाकिमको रूपमा उप(सचिव अशोक कुमार महर्जनलाई जिम्मेवारी दिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुजरा नगरपालिकामा उपसचिव पठाएको हो । सोमबार९आज० एक कार्यक्रमका बिच हाकिम महर्जनले कार्यभार सम्हालेका छन् ।
एक कार्यक्रमका बिच नगर प्रमुख सन्तलाल चौधरीले नयाँ कार्यालय प्रमुख महर्जनलाइ नगरपालिकामा हाजिर गराउनु भएको हो । गुजरा नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने हिसाबले जिम्मेवारी दिईएको हो । यस अघिका हाकिम नि.प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार जयवालको ठाउँमा वहाँ आउनु भएको हो । सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र चौधरी, अधिकृत जामुन चौधरी सहितका व्यक्तिहरूले पनि नयाँ कार्यालय प्रमुख महर्जन लाई स्वागत गरेका थिए ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार