July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अधुरो पुल बनाउने सहमतिपछि पत्रकार सहनीले चार दिने आमरण अनशन तोरे

सत्येन्द्र प्रताप सिंह

फागुन ४ रौतहट
गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदीमा बनेको अधुरो पुल तत्काल निर्माणको लागि आमरण अनशन बसेका पत्रकार संजय सहनी र सरोकारवाला संग १ वर्ष ६ महिनामा पुल निर्माणको कार्य सम्पन्न हुने कुरामा सहमति भएपछि सहनीले बिहीबार चौथो दिनमा आमरण अनशन तोडेका हुन् ।
पुल महाशाखा प्रमुख उमेश विन्दु श्रेष्ठ , संघीय सडक प्रमुख डा.बिजय जैसीको समझौतामा पुर्व प्रधानमन्त्री तथा राैतहट १ का सांसद माधव कुमार नेपाल, क्षेत्र नं. २ का सांसद किरण साह, क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्य नागेन्द्र साहको उपस्थितिमा जुस खुवाई अनशन तोडेका हुन् ।
तोकिएको समय भित्र सहमति कार्वान्यन नभएको खण्डमा सम्बन्धित निकायलाई जानकारी होईन सीधा आत्मदाह को विकल्प रोज्ने र आत्मदाहको सम्पूर्ण जिम्मा सरकारले लिने चेतावनी समेत पत्रकार सहनीले संचारकर्मीलाई दिएका छन।