July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको मौलापुर पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उपराष्ट्रपति पुनको प्रतिबद्धता

रौतहट ५ फागुन ।
उपराष्ट्रपति नन्द बहादुर पुनले मौलापुर स्थित पुरातात्त्विक महादेव मंदिरलाई विश्वसम्पदा सुचीमा सुचीकृत गराउन सिफारिसका साथ पूर्ण प्रयास गर्ने बताएका छन् ।
उपराष्ट्रपति पुन शुक्रबार रौतहटको मौलापुर स्थित मधानी महोत्सव को उदघाटन पछि आयोजीत समारोहमा नेपालमा धार्मिक प्राकृतिक पर्यटन गन्तव्य को रूपमा विकास गर्नुपर्ने सुझाव दिएका छन।
त्यसको लागि संघ, प्रदेश, स्थानीय सरकार र पर्यटन व्यवसायी बीच हातेमालो जरुरी छ। मौलापुर पतौरा स्थित पुराता्त्विक महादेव मन्दिर देशको १०० गन्तव्य मध्ये एक रहेको बताउँदै उपराष्ट्रपति पुनले विश्वसम्पदा सुचीमा स्वीकृत गराउन भूमिका खेल्ने बताए। धार्मिक पर्यटन विकासको निमित माउलापुर नगरपालिका को सराहना गर्दै महादेव मन्दीर लाई विश्वसम्पदा सुचीमा राख्न आफूले कुटनीतिक पहल र व्यक्तिगत प्रयास गर्ने प्रतिवद्धता जनाएका छन।
कार्यक्रम का प्रमुख अतिथि उनले देशको हरेक आन्दोलनमा मधेशको ठूलो भूमिका रहेको बताउँदै मौलापुरमा भएको भौतिक पूर्वाधार विकास को चर्चा गर्दै मेयर रिनाकुमारि साहको सराहना गरेका थिए। कार्यक्रममा आमजनता पार्टीका अधयक्ष तथा पूर्वमन्त्री प्रभु साहले धार्मीक पर्यटन विकास तथा लोपहुने अवस्थामा रहेको मधानी महायज्ञ लाई विश्व स्तरमा चिनाउन महोत्सवको आयोजना गरिएको बताए। माधानी महायज्ञ नेपालको तराई मधेशमा मात्र हुने उललेख गर्दै नेता साहले विश्वसम्पदा सूचिमा सूचिकत हुने कार्यमा विगतमा विभेद भएको आरोप लगाए ।
कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, सभामुख रामचन्द्र मण्डल,उद्योग, पर्यटन तथा बन मन्त्री सुनिता यादव लगायतका बक्ताहरुले माधानि महोत्सवको आयोनाले धार्मिक पर्यटनको विकास हुने बताएका थिए। उक्त अवसरमा स्थानीय तथा राष्ट्रीय स्तरका कलाकारहरुले झाकी लगायत गीत संगीत प्रस्तुत गरेका थिए। औपचारिक रुपमा आजदेखि सुरुभएको महोत्सवमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर भुमि पुजन ,अस्टयाम , हूँ दैछ। त्यसैरी भारतीय भोजपुर गायिका ईन्दु सोनालीले आज गीत तथा नृत्य प्रस्तत गरेको थिइनँ ।
भोलि नेपालका सिने जगतका नायक भुवन केसी, लगायत रास्ट्रीय स्तरका चर्चित कलाकारहरु , भारतिय चर्चित भोजपुरी नायक पवन सिंह, नायिका काजल राघवानी, एवं अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने मौलापुर नगरपालिकाले कटहरिया एफ एम जनाएको छ। सप्ताहदयापि हुने समारोहमा अन्तराट्रियस्तरको कुस्ती प्रतियोगिता,ब्यापारी , खेल तमासा व्यवसायीहरु बाट आयोजकले जनाएको छ ।
उदघाटन समारोहमा पूर्व सांसदा समिना हुसेन, सभासद देवेन्द्र पटेल आमजनता पार्टीका कुन्दन कुशवाहा, लगायतको उपस्थिति रहको थियो। कार्यक्रमका प्रमुख अतिथि पुनले मौलापुर नगरपालिका द्वारा निर्मित विवाह भावन, धर्मशाला, पुराता्त्विक संग्रहालयको उदघाटन गरेका थिए। सप्ताह व्यापी चल्ने महोत्सवमा १० लाख मानिसले अवलोकन गर्ने मौलापुर नगरपालिकाले विश्वास लिएको छ ।