काठमाडौँ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेले पार्टी सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा व्यक्त गरेको धारणाको आफूले जिम्मेवारी लिन नसक्ने बताएका छन् । रास्वपाका केन्द्रीय सदस्य रहेका पाण्डेले पार्टीले गरेको निर्णयको मात्रै जिम्मेवारी आफूले लिने भन्दै पत्रकार सम्मेलनमा सभापति लामिछानेले व्यक्त गरेका धारणाबाट आफू अलग रहेको बताए ।
‘हो, आइतबार रास्वपाले गरेको निर्णयमा मेरो सहमति छ । हामीले व्यापक छलफल गरेका थियौं’, पाँडेले ट्विट गर्दै भनेका छन्, ‘तर म पत्रकार सम्मेलनको तयारीको अंश थिइनँ र त्यसको कथ्य, त्यसको धारणा र त्यसको कमजोरीमा मेरो स्वामित्व छैन ।’
उनले युवा, सीमान्तकृत र नेपालको आशाका लागि रास्वपाका एक नेताको भावनाभन्दा माथि उठ्नु पर्ने बताए । रास्वपाले गृह मन्त्रालय नपाएपछि आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो पत्रकार सम्मेलनपछि सभापति लामिछानेले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुलाई विभिन्न लान्छना लगाएका थिए ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै