काठमाण्डाै –
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।
बुधवार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको थियो ।
यसअघि पावरले उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरिसक्नुभएको छ । उहाँले मङ्गलवार परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरिसक्नुभएको छ ।
दुई दिने नेपाल भ्रमणमा मङ्गलवार काठमाण्डाै आइपुग्नुभएकी पावरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ता सकेर उहाँ आजै स्वदेश फर्किनुहुनेछ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे