July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रजातन्त्र सम्मेलनमा प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरिएको छ : पावर

 

काठमाडौँ —

अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावरले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण गरिएको बताएकी छन् ।

 

दुईदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो जानकारी दिएकी हुन् । प्रमुख पावरले सम्मेलनको अधिकांश कार्यक्रम अर्चुअल्ली हुने भन्दै नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनसहितका सम्बोधन गर्ने अवसर हुने बताएकी छन् ।

‘प्रधानमन्त्रीले विगतमा गरेका प्रतिबद्धता र सुधारका वाचा र उहाँको आगामी दिन कानुनी शासन र प्रजातान्त्रिक संस्थाहरुको सशक्तिकरणको योजनाको धारणा राख्ने अवसर हुने छ,’ उनले भनिन् ।

गत सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयन गर्नका लागि नागरिक समाजले पनि भूमिका निर्वाह गरिरहेको उनले बताएकी थिइन् ।

सञ्चारकर्मीहरुले वासिंगटनमा आयोजना हुने सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निम्तो भएको वा नभएको विषयमा जिज्ञासा राखेपछि पावरले नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग जिज्ञासा राखेर जवाफ दिएकी थिइन् । पहिलो सम्मेलनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहेको थियो ।