July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

वीरगञ्जबाट स्रोत नखुलेको १८ लाखसहित २ जना भारतीय पक्राउ

 

२५ माघ, वीरगञ्ज ।

सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बिहार मोतिहारी जिल्ला रक्सौल नगरपालिका वडा नं ११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार पक्राउ गरेका हुन् ।

उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटमा नियमित चेकजाँच गरिरहेको थियो ।

सोही क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AT8967 र BR05AV6871 नम्बरको भारतीय मोटरसाईकल सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो ।

उनीहरुले हेल्मेटमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम भेटिएको र स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।