रौतहट =११ गते माघ राम प्रबेश
रौतहट जिल्ला क्षेत्र नं २ अन्तर्गत राजपुर नगरपालिकाका मेयर डा.राजिक आलमको पहलमा विधुत महशुल काउण्टर सञ्चालन आएको छ । केहि दिन अघि नेपाल विधुत प्राधिकरणका माहाप्रबन्धक कुलमान घिसिङ्ग सँग पहल गरि बिधुतको महसुल काउण्टर सञ्चालन गराइदिन अनुरोध गरेका थिए । उनकै पहलमा राजपुर नगरपालिका वडा नम्बर ३ राजपुरमा पनि फयूज सेवा तथा आय संकलन अर्थात विद्युत महसशल काउण्टर सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयको पश्चिम साईडमा फ्युज सेवा आय संकलन काउण्टर शुरु भएको छ ।
काउण्टर सञ्चालन भएसंगै उक्त फयूज सेवा तथा विद्युत महशुल उठाउन सुरु गरिएको छ । राजपुर नगरपालिकामा पहिलो पटक बिजुलीको महशुल बुझाउने काउण्टर सञ्चालनमा आएपछि नगरवासीलाइ नै निकै सहज भएको छ ।
अबदेखि सदरमुकाम गौर स्थित विद्युत कार्यालयमा गएर महशुल बुझाउनुपर्ने बाध्याताको अन्त्य भएको भन्दै सो पालिका सहित आसपासका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उपभोक्ताहरु निकै हर्षित भएका छन् । उपभोक्तहहरुलाई पायक पर्ने ठाउँ राजपुरमा उक्त महशुल काउण्टर सञ्चालन गरेको बताएका छन् ।
नगरप्रमुख डा.आलमको पहलले उपभोक्ताहरुलाई अब समय र पैसा दुबैको बचत हुने देखिएको छ । स्थानिय तहमा चुनाव जितेपछी मेयर आलमले समग्र रौतहट निर्वाचन क्षेत्र नम्बर २ को आम जनताको कसरी सहयोग हुन्छ भन्ने तर्फ दिनरात लागि परेका छन् । उनले यो क्षेत्र जनता प्रत्यक्ष लाभान्वित हुने हिसाबले काम गरिरहेका छन् ।
जनताको सबभन्दा नजिकको सरकार स्थानीय सरकार रहेको हुँदा सार्वजनिक सेवा जनताको घरदैलोमै उपलब्ध गराउने उदेश्यले महशुल काउण्टर सञ्चालन गराई आफुले आम नागरिकलाई नजिकको सरकारको अनुभूति गराउन खोजेको मेयर आलमले बताए ।
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान
बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्दै आजपा