July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

युके एड को आर्थिक सहयोगमा पिन नेपालको प्राबिधिक सहयोगमा आसमान नेपालको आयोजनामा अनुगमन सम्पन्न

रौतहट ९ गते राम प्रबेश बैठा

रौतहटको जिल्ला क्षेत्र नं ४ अन्तर्गत गढीमाई नगरपालिकामा युके एड को आर्थिक सहयोगमा पिन नेपालको प्राबिधिक सहयोगमा तथा आसमान नेपालको आयोजनामा संचालित आरम्भ परियोजना अन्तर्गत संचालित गढिमाइ नगरपालिका,रौतहटको बिभिन्न वडामा संचालित किशोरी सिकाई केन्द्रहरु नगर प्रमुखको श्याम यादवकाे अध्यक्षतामा साेमबार संयुक्त अनुगमन सम्पन गरिएको छ ।

अनुगमनमा गढिमाइ नगरपालिकाका नगर प्रमुख यादव सँगै नि.प्रमुख प्रसकीय अधिकृत नागेन्द्र यादव,वडा नम्बर ७ का वडा अध्यक्ष तपेन्द्र यादव, शिक्षा संयोजक नागेन्द्र यादव,सह संयाेजक संजय यादव,परियोजना संयाेजक रामेश्वर साह,सामाजिक विकास शाखाको हरिन्द्र साह,कार्यपालिका सदस्य अमिरी बैठा त्यसै गरि आसमान नेपालका कार्यक्रम संयोजक जमुना श्रेष्ठ,प्राविधिक संयाेजक सुशील थापा,शिक्षा अधिकृत अरविन्द कुमार साह,लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

गढिमाइ नगरपालिकामा १९ वटा किशोरी सिकाई केन्द्र मार्फत ३८७ जना किशोरीहरु सो कोशोरी सिकाई केन्द्रमा अध्ययनरत छन् जस मध्ये वडा नं ३,७ र ९ मा रहेको ९ वटा केन्द्रको अनुगमन गरिएको छ । अनुगमनको क्रममा किशोरीहरुको प्रगति बिवरण, सिकाई स्तर,केन्द्र व्यवस्थापन समिति, चेन्ज च्याम्पियन र अभिभावकको सहयोग तथा आएका समस्याहरुको बारेमा छलफल गरिएको थियो ।

समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै प्राविधिक संयाेजक सुशील थापाले किशाेरी सिकाइ केन्द्र लाई निरन्तरता दिन स्थानिय सरकार लाई अनुराेध गरे । अनुगमन पश्चात समीक्षाको क्रममा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले नगरभरि सञ्चालित सिकाइ केन्द्रहरू लाई निरन्तरता दिन सके नगरपालिकालाई साक्षर घाेषणा गर्ने तर्फ धेरै सहयाेग पुग्ने तर्फ जाेड दिए । यसका लागि अगामी आर्थिक वर्षमा बजेट छुट्याउन पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमलाई समापन गर्दै नगर प्रमुख श्याम प्रसाद यादव ।