July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राजाको स्थानमा ठुलादलका नेता बसेर जनताको शोषण गरिरहेकाले देशको अवस्था दयनीय बनेको प्रभु साहको टिप्पणी ।

रौतहट १४ माघ।राम प्रबेश बैठा
पुर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले राजाको स्थानमा अहिले ठुलादलका नेताहरू बसेर जनताको शोषण गरिरहेको कारण देशको अवस्था दयनीय बनेको टिप्पणी गरेका छन । बिगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एकठांउमा भएर जनताको साथमा थिए तर अहिले अवस्था बदलिएको छ नेताहरुनै शासक बनेको उनले जिकिर गरेका छन ।गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया स्थित बिधालय भवनको शिलान्यास तथा स्वास्थ कार्यालय भवनको उदघाटन पछि आयोजित सभामा नेता अहिले राजाको कुर्सीमा ठुलादलका नेताहरू बिराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताए । सतामा बसेर ठुलो लुट मचाएर नेताहरू ठुलो झुन्डको सरदार बनेको छ अध्यक्ष प्रभु साहले भने ठुला पार्टीका कार्यकर्ता पाल्न देशको ढुकुटी रितिंदै गएको छ। जुनै सरकार फेरिएपनी यो हाम्रो सरकार हो भनेर जनतालाई अनुभुती हुनसकेको छैन, जनता मालिक नभएसम्म परिवर्तनको कुनै औचित्य नहुने बताए । देशमा संघीय गणतन्त्र नामको लागिमात्र रहेको छ मुठिभर नेताहरूले देश लुटिरहेको अध्यक्ष साहले आरोप लगाएका छन । देशमा तिनथरिको सरकार छ हजारौं सरकारी कार्यालय छन ,आर्थिक अभावमा ब्यापारी किसान आत्महत्या गरेर मरिरहेका छन तर खोइ कसले हेरेको छ जनताको पीडा। १० प्रतिशत सम्झौता गरेर बैंकहरुले आफुखुसी रातारात ब्याज दोब्बर बनाउंछन कसले हेरेको छ पुर्व मन्त्री प्रभु साहले प्रश्न गरेका छन । आफ्नो सम्पत्ति धितो राख्दा पनि देशमा कर्जा पाउन मुस्किल छ,किसान लाई सुबिधा छैन तर बिचौलियाको राज छ यहि हो परिवर्तन ? जबसम्म देशमा राजनितिक ब्यवस्था सहि हुंदैन यस्तै अवस्था रहने उनले ठोकुवा गरे। यो दल र त्यो दलको प्रधानमन्त्री फेरेर केही हुंदैन घरको तरक्किको लागि जसरी असल अभिभावक जरुरि हुन्छ त्यसैगरी देशमा परिवर्तनको लागि असल नेतृत्वको खांचो रहेको अध्यक्ष साहले बताए ।
सुद्व हावापानी र राम्रो माटोको स्थानमा बगरै बगर रहेको देश साउदी अहिले स्वर्ग भएको छ हाम्रा लाखौं युवा बर्षेणी रोजगारीको लागि पुगिरहेका छन । तर हिमाल पहाड जंगल हरियाली ,तराईको फांट,सुद्व हावापानीको धनी देश नेपाल अहिले भिख माग्ने भएको छ। ठुलादल भनाउंदाहरु कुर्सिको लडाइँमा अल्झेका छन तथापि कुर्सीको लागि नभै आफुले परिवर्तनको लागि आमजनता पार्टी खोलेको अध्यक्ष प्रभु साहको दाबी छ। देशको हरेक परिवर्तनमा जिल्लाबासिले साथ दिएजस्तै परिवर्तनको लडाइँमा पनि साथ दिन अध्यक्ष साहले रौतहटबासी संग आग्रह गरेका छन । कार्यक्रममा आमजनता पार्टीका केन्द्रिय सदस्य तथा बिभागिय प्रमुख कुन्दन कुश्वाहा,नेपाली कांग्रेसका पुर्व प्रदेश सांसद रासिद अलि फुलबाबु,पार्टी जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल लगायतले मन्तव्य राखेका थिए । जन प्रिय पा बी दुई कोठे भवन लक्षमिनिया करुनिया २२ लाख रुपैया र श्री प्रथामिक बिधालय करगोल ४ कोठे भवन एक करोड एक लाख चौबिस हजारमा निर्माण हुने योजना रहेको तथा अधारभुत स्वास्थ्य चौकीको ३२ लाख ४६ हजार कुल लागतमा निर्माण भएको देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले जानकारी दिएका छन ।