दक्षिण कोरिया ।
आदिवासी जनजाति साहित्यकार–लेखक महासंघ दक्षिण कोरियाको अध्यक्षमा समीप खेम पुन मगर निर्वाचित भएका छन् । महाधिवेसनको प्रथम अधिवेसनले पुनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
दक्षिण कोरियाको राजधानी सउलमा गएको आइतबार भएको अधिवेसनले पुनको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा शकुन आँसु, उपाध्यक्षमा खेम गुरुङ र सेसेफुङ शेर्मा, महासचीवमा अमिर योन्जन, सचीवहरुमा दिलिप वान्तवा र विष्णु सन्याय, कोक्षध्यक्षमा उत्तम खजुम चयन भएका छन् ।
सदस्यहरूमा दिपा मेवाहाङ, विनेस राई, डम्बर सुब्बा, मधु सिङ्जाली, रेजिना राई, एडिन छन्त्याल र एल बी रुम्बा रहेका छन् ।
निवर्तमान अध्यक्ष पराजित पोमुको अध्यक्षतामा भएको अधिवेशनले तीन बुँदे घोषणापत्र समेत जारी गरेको छ । जसअनुसार महासङ्घले आदिवासी जनजातिहरूको हक हितका निम्ति हुने सबै प्रकारको आन्दोलनमा नैतिक समर्थन दिने निर्णय गरेको छ ।
आदिवासी जनजातिहरूको भाषा, लिपि, धर्म र सँस्कृति संरक्षण तथा सम्बर्द्धनकम लागि समर्पित रहने जनाएको छ । यस्तै, आदिवासी जनजातिहरूसँग सम्बन्धित मुद्दा र विषयलाई लेखनमार्फत उजागर गर्ने प्रयत्न गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
आदिवासी जनजाति साहित्यकार–लेखक महासङ्घ दक्षिण कोरियाको स्थापना सन् २०२१ फेब्रुअरी २१ मा भएको थियोे । तत्कालीन समिति १७ सदस्यीय रहेको थियोे । महासङ्घको १४ वटा मुलुकहरूमा प्रवास समितिहरू रहेका छन् ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै