July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

संसारका ठूला प्राविधिक कम्पनीहरूले किन निकालिरहेछन् कर्मचारी ?

 

काठमाडाैं | माघ ८, २०७९

गूगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईले १२ हजार कर्मचारीलाई जागरिबाट निकाल्ने घोषणा गरेका छन् ।

विगत केही महिनायता संसारका ठूला प्रविधि कम्पनीहरूले कर्मचारीको छँटनी गरिरहेका छन् । माइक्रोसफ्ट, ट्विटर, फेसबूकपछि गूगलले पनि कर्मचारी हटाएको छ ।


ADVERTISMENT

यसका केही कारण छन् । टेक कम्पनीहरूले कोभिड महामारीका बेलामा लगभग सबै कुरा अन्लाइन उपलब्ध गराउनका लागि ठूलो लगानी गरेका थिए । अन्लाइन क्लास, मीटिङ, शपिङ र खानाको डेलिभरी गरी कम्पनीहरूले व्यापार बढाएका थिए ।

त्यतिखेर हजारौं कर्मचारी राखेर कम्पनीहरूले मार्केटको डिमान्ड पूरा गरेका थिए । तर कोभिडपछि डिमान्ड नबढेकाले ती कर्मचारीहरूको काम नभएकाले निकालिएको हो ।


ADVERTISMENT

टेक कम्पनीहरूको कमाइको ठूलो भाग डिजिटल विज्ञापनले ओगट्छ । महामारीपछि मार्केट डिमान्ड घटेपछि विज्ञापन बजार पनि प्रभावित भयो । एक वर्षमा मेटाको वार्षिक कमाइ ७५६ करोडबाट घटेर ३५१ करोडमा झरेको थियो ।

अर्को कारण भनेको विश्वव्यापी आर्थिक मन्दीको चेतावनी निरन्तर आइरहेकाले स्टार्टअप कम्पनीहरू टिक्न गाह्रो भइरहेको छ । नयाँ खुल्ने सम्भावना पनि मरेको छ ।

त्यस्ता स्टार्टअपमध्ये ९० प्रतिशत सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित छन् । इन्भेस्टरहरू स्टार्टअपमा लगानी गर्न इच्छुक छैनन् ।

कुनै पनि स्टार्टअप वा कम्पनीलाई लगानी गरेपछि प्राप्त नाफाबाट लगानीको रकम चुक्ता गर्नुपर्ने हुन्छ । मार्केट डिमान्ड कम भएपछि कम्पनीहरूको कमाइ घट्यो । अनि रिटर्न चुक्ता गर्नका लागि कम्पनीहरूले खर्च घटाउन थाले । खर्च घटाउने क्रममा उनीहरूले कर्मचारीलाई जागिरबाट निकाले ।

कर्मचारी कटौतीको सबभन्दा ठूलो कारण वैश्विक मन्दी हो ।  कोभिड महामारी र रुस–युक्रेन द्वन्द्वका कारण माग र आपूर्तिमा उतारचढाव आएको छ । विश्वका ठूला अर्थतन्त्रमा यसको प्रभाव देखिएको छ ।

खाद्यान्न, औषधि र कच्चा तेलको आपूर्ति शृंखला बिग्रिएको छ भने माग बढिरहेको छ । त्यसले महंगी बढाएको छ ।

महंगी बढेकाले मुद्रास्फीति भएको छ । खर्च गर्ने मानिसहरूको क्षमता पनि कम भएको छ ।

मानिसहरूले खर्च नगर्दा व्यापारिक कम्पनीहरूलाई व्यापार बढाउन गाह्रो परिरहेको छ । व्यापार नबढेपछि उनीहरू खर्चकटौती गर्न थालेका छन् । त्यसैक्रममा उनीहरू कर्मचारीको तलब घटाउने वा जागिरबाट निकाल्ने काम गरिरहेका छन् ।