January 24, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

 

कर्पोरेट–

पे प्रणालीले ६ महिना (चालु आर्थिक वर्षको पुस मसान्तसम्म) मा २ खर्ब २ अर्ब रुपैयाँभन्दा  बढीको कारोबार फर्छ्यौट गरेको छ।

गत आर्थिक वर्षमा भने कम्पनीले कुल १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कम्पनीले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बृद्धी भएको कम्पनीको भनाइ छ।

हाल ४४ बैंक वित्तिय संस्थाहरू मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ६ हजार १०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भई कारोबार गर्दै आएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यस प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ।