६ माघ, काठमाडौं ।
उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छिन् ।
संसद भवन सिंहदरबारमा उपसभामुखको उम्मेदवारी दर्ता गराएपछि पत्रकारसित कुरा गर्दै उनले आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई यो जिम्मेवारी दिन लागेको बताइन् ।
कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका तथा त्यहीं जन्मिएका बालबालिकाको शिक्षादीक्षामा काम गर्दै आएकी उनले भनिन्, ‘म सधैं सडकमा कराइरहने भुईं मान्छे सबैको साथ पाएर यो ठाउँमा पुग्न लागेकी छु, भुईं मान्छेकै पक्षमा निर्णायक भूमिका खेल्नेछु ।’
राना मगरलाई रास्वपाकी सांसदले उपसभामुखमा प्रस्ताव गरेकी थिइन् । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन उनको समर्थक छन् ।
More Stories
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी