रौतहट पुस २२ गते
प्रेमचन्द्र झा
राैतहट ।ग्लोबल आईएमई बैंक लिमिटेडको १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क महिला स्वास्थ्य शिविर संचालन गरेका छन।
” Family Planning Association Nepal” को प्राविधिक सहयोगमा “मेरी उनीलाई स्वास्थ्य नारी पहल” अन्तर्गत शुक्रबारका दिन फतुवा बिजयपुर नगरपालिकाका वडा नः ७ फतुवा अस्पतालमा निःशुल्क महिला शिविर संचालन गरिएको हो। सो निःशुल्क महिला स्वास्थ्य शिविरमा ६७ जना महिला चेकअप गर्दै औषधि बितरण समेत गरिएका छन । सो निःशुल्क महिला स्वास्थ्य शिविरमा ग्लोबल आईएमई बैंकका प्रदेशीय कार्यालय प्रतिनिधि साजन प्रजापति, बिजयपुर शाखाका प्रमुख मुकेश कुमार ठाकुर सहायक ईन्चार्ज पप्पु प्रसाद पटेल, वडा नः ७ र ९का वडा अध्यक्ष रामविश्वास राय यादव राकेश यादवको बिशेष सहभागीतामा कार्यक्रम सम्पन्न भएको बैकले जनाएकोछ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय