रामप्रवेश बैठा,राैतहट,मंसिर २६ गते
राैतहटकाे दुर्गाभगवतीमा बेटी पढाउ बेटी बचाउ सम्बन्धी जनचेतनामूलक प्रशिक्षण सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।
साे गाउँपालिकाकाे वडा नम्बर २ को आयोजना र ईलाका प्रहरी कार्यालय गंगापिपरा सहयोगमा भएको थियाे । श्री सरस्वती मा.वि.को प्राङ्गणमा भएको कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत रहेका कक्षा ८,९ र १० को छात्र-१५ जना, छात्रा-२३ जना, शिक्षक २ जना समेत गरी ४० जना सहभागितामा “बेटी पढाउ बेटी बचाउ सम्बन्धी जनचेतनामूलक प्रशिक्षण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड