July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया बहुमुखी क्याम्पसमा चार काेठे भवनकाे गरियो शिलान्यास

कटहरिया,मंसिर २६ गते
राैतहटकाे कटहरिया नगरपालिका स्थित रहेकाे श्री कटहरिया बहुमुखी क्याम्पसमा एक तल्ले चार काेठे भवनकाे शिलान्यास गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ५ मा रहेको क्याम्पसमा नयाँ भवन निर्माणकाे लागि आज शिलान्यास गरिएको हाे ।
एक कार्यक्रमका बिच क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामअधार यादवले शिलान्यास गर्नु भएको हाे सोमबार एक समारोहका विच क्याम्पको हाताभित्रै कटहरिया नपाकि उप्रमुख रितादेवी यादवकाे राेहबरमा साे भवन शिलान्यास गरिएको हाे ।

विश्व विधालय अनुदान आयाेग सानाेठिमी भक्तपुर द्वारा प्राप्त कुल ३५ लाख ९७ हजार ८३९ रुपैयाको लागतमा सुर्या कन्स्ट्रक्सनले निर्माण गर्न ठेक्का पट्टा लिएको क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले बताउनु भयाे ।

शिलान्यास कार्यक्रममा उपमेयर यादव ,ठेकेदार प्रदिप कुमार यादव,श्री मावि कटहरियाका प्रधानाध्यापक याेगेन्द्र कुशवाहा, कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता ,कार्यपालिका सदस्य मनोज जैसवाल , दिलिप जैसवाल ,मेयर प्रत्याशी योगेन्द्र साह,नसरुदिन अन्सारी लगायतकाे उपस्थिति रहेकाे थियाे । उपस्थिति अतिथी तथा अभिभावकहरूले क्याम्पस व्यवस्थापन समिति र क्याम्पस प्रशासनले गरेको कामहरूको खुलेर प्रशंसा गरेका थिए ।