July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया नगरवासीले पाउँदै आएको सेवा सुविधा पुनः सुचारु गराउन को लागि बुझाइयो ज्ञापनपत्र

राम प्रबेश बैठा रौतहट,मंसिर १८ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा यस अघिको स्थानिय सरकार द्धारा दिदै आएको सेवा सुविधा पुनः सुचारु गराउन ज्ञापनपत्र बुझाइएको छ । आज आइतवार सो नगरपालिकाका चार जना वडा अध्यक्षहरुले सँयुक्त रुपमा ज्ञापनपत्र बुझाइएका हुन् ।

कटहरिया नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह कलवार,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त प्रसाद यादव र वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरीले संयुक्त रुपमै नगरपालिकाको कार्यालयमा गइ ज्ञापनपत्र दिएका हुन् ।

कटहरिया नगरापलिकाकी उप प्रमुख रिता देवी यादव र नि.प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहलाइ सो ज्ञापनपत्र दिएका हुन् । तिनै जना वडा अध्यक्ष द्धारा हस्ताक्षरित ज्ञापनपत्रमा कटहरिया नगरपालिकाका पुर्व नगरप्रमुख सियाराम प्रसाद कुशवाहाले कटहरिया नगरवासीहरुको लागि उपलब्ध गराउँदै आएको सुविधाहरु यथा सिघ्र सुचारु गर्नका लागि ज्ञापन बुझाएका हुन् ।

सो ज्ञापनपत्रमा घरेलु विधुत फ्रि,कृषि विधुत फ्रि,खानेपानी फ्रि,मालपोत फ्रि,सौचालय सरसफाइ फ्रि,दिउँसो विवाह गर्ने छोरी तर्फ २० हजार र छोरा तर्फ १० हजार सहित ६ बुँदे माग गरिएको छ ।
साथै गत आ.व. मा कोरोना बाट पिडित गरिब जनताहरुको लागि रु १० हजार का दरले आएको रकम र बाढी पिडित कृषकहरुको खातामा रकम अहिलेसम्म न आउनुको कारण के हो । तुरुन्त सम्बन्धित व्यक्तीहरुको खातामा रकम पठाउन आग्रह गरिएको छ । यसका साथै स्वास्थ्य शाखामा भइरहेको लापारवाही बारे स्वास्थ्य संयोजकलाइ ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव किन भएको हो भनि प्रश्न गरेका थिए । जवाफमा स्वास्थ्य शाखाको तर्फबाट चाँडो भन्दा चाँडो औषधी अभावको समस्या अन्त्य गर्ने प्रतिबद्धता जनाइएको थियो ।