July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको देवाहीगाेनाहीकाे करूनिया स्थित लालबकैया नदीको बान्ध नियन्त्रणकाे काम सम्पन्न

राैतहट,मंसिर १९ गते
राैतहटकाे देवाही गाेनाही नगरपालिका वडा नम्बर २ करूनिया स्थित लालबैया नदीमा नदि नियन्त्रणकाे काम सम्पन्न भएको छ । लालबकैया नदीमा तटबन्ध जाली बाेल्डरकाे कार्य सम्पन्न भएको हाे । करूनिया किनारमा बाँध नियन्त्रणकाे निर्माण कार्य गरिएको हो ।

पूर्व मन्त्री प्रभु साहकाे निर्देशन एवम् नगरप्रमुख प्रेमलाल साहकाे सक्रियतामा बाँध नियन्त्रणकाे काम सम्पन्न गरिएको छ ।

करूनिया नजिकको साे बाँध बर्षाको बेलामा भत्किदै आइरहेको थियो । बाँध भत्किदा दर्जनौं गाउँमा पानी पस्ने गरेकाे थियाे । पानी पसेपछि साे क्षेत्रकाे बासिन्दा सधैं डुबानमा पर्ने गरेका थिए । बाढि आएपछि हरेक बर्ष बाेरामा बालुवा हालेर जसरी तसरी मर्मत गर्ने गरिन्थ्यो । हरेक वर्ष बाढी तथा डुबानका कारण करूनिया,जिंगडवा सहितकाे दर्जनौं गााँउ डुबानमा पर्ने गरेको थियाे ।

लालबकैया नदीमा बाढी आएपछि आसपासका बस्ती डुबानमा पर्ने गरेका थिए । खेतीयोग्य जमीन कटान हुँदै आएको थियाे । स्थानीयलाई सास्ती थियाे । कटान नियन्त्रण गरी खेतीयोग्य जमीन बचाउँने उदेश्यले साे काम गरिएको नगरप्रमुख प्रेमलाल साहले बताएका छन् ।