July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

माैलापुरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

राम प्रबेश बैठा ,राैतहट,मंसिर १६ गते
राैतहट जिल्लाकाे माैलापुर नगरपालिकामा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि:सुशासन,विकास र समृद्धि भन्ने मूल नाराका साथ साे कार्यक्रम गरिएको हाे । करदाता सेवा कार्यालय गाैर राैतहटकाे आयाेजनामा कार्यक्रम भएको हाे ।

शुक्रबार साे नगरपालिकाकाे वडा नम्बर ५ स्थिति रहेकाे नगरपालिकाकाे सभा हलमा करदाताका लागि एक दिने करदाता शिक्षा कार्यक्रम गरिएको छ ।

उधाेग वाणिज्य संघ राैतहटका अध्यक्ष पंण्डित प्रसाद जयसवालकाे विशेष आतिथ्यतामा भएको कार्यक्रमकाे अध्यक्षता करदाता सेवा कार्यालय राैतहटका प्रमुख पप्पु कुमार गुप्ताले गर्नु भएको थियाे ।

कार्यक्रममा आर्थिक ऐन २०७९ ले प्रदान गरेका छुट तथा सुविधा ,ई-टिडिएस,आय विवरण र कर सम्बन्धि जानकारी गराउने उदेश्यले करदाता शिक्षा कार्यक्रम आयाेजन गरिएको थियोे ।

कार्यालयका कर्मचारी प्रमाेद कुमार सिंहले ई-टिडिएस प्रक्रिया बारेमा जानकारी गराउनु भएको थियाे । भने कार्यक्रम सञ्चालक नायब सुब्बा रामकाजी नगरकाेटीले गर्नु भएको थियाे । नगरकाेटीले आय विवरण,करछुट सुविधा,डेवान डेटु छुट,कम्प्युटर बिलिङ्ग,पैन नम्बर कसरी लिने र नयाँ स्किम सहितकाे विषयमा प्रकाश पार्नु भएको थियाे ।

नायब सुब्बा नगरकाेटीले आर्थिक विधेयक,२०७९ ले प्रदान गरेका छुट तथा सहुलियत सम्बन्धमा विस्तृत रूपमा जानकारी गराउनु भएको थियाे ।

वहाँले काेविड १९ काे संक्रमणबाट प्रभावित काराेबारमा कर छुट सहुलियत सम्बन्धि विशेष व्यवस्था,करकाे दायरामा आउनेलाई कर, शुल्क तथा ब्याज मिनहा हुने,पूर्वनुमाणित तथा काराेबारमा आधारित आय विवरण पेश गर्ने करदाताकाे लागि विशेष व्यवस्था,संयुक्त उपक्रम(ज्वाइन्ट भेन्चर) करदातालाई बक्यौता मूल्य अभिवृद्धि कर छुट सम्बन्धि विशेष व्यवस्था ,अन्त: शुल्क इजाजतपत्रबालालाई बक्यौता अन्त: शुल्क छुट सम्बन्धि विशेष व्यवस्था,स्थायी लेखा नम्बर मा दर्ता भई काराेबार गर्नुे प्राकृति व्यक्तिले प्रत्येक आय वर्ष समाप्त भएको तीन महिना भित्रमा साे वर्षकाे आय विवरण पेश गर्नु पर्ने,काराेबारकाे आधारमा आय विवरण पेश गर्ने सम्बन्धमा ,मू.अ. करमा दर्ता सम्बन्धमा,अन्त:शुल्क इजाजतपत्र लिनुपर्ने सम्बन्धमा , काराेबार बन्द गर्दा अपनाउनु पर्ने प्रक्रिया सहितको विषयमा विस्तृत रूपमा जानकारी गराउनु भएको थियाे ।

करदाताहरूले नबुझेका विषयहरूमा करदाता कार्यालयका कर्मचारीहरू सँग प्रश्न पनि साेधेर बुझेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै उधाेग वाणिज्य संघ राैतहटका अध्यक्ष जयसवालले करतर्फ व्यापारीहरूले ध्यान दिनुपर्ने बताउनु भयाे । कर तिरेर व्यापारीहरूले आफनाे कर्तव्य पालन गर्नुपर्नेमा जाेड दिनु भयाे । करदाताहरू लाई कुनै विशेष शिक्षा आवश्यकता परेमा सहयोग गर्न आफूहरू हरदम तयार रहेको बताउनु भयाे । सबै जना सचेत भएर काम गर्न आग्रह गर्नु भयाे । कुनै किसिमकाे सहयोगकाे आवश्यकता भए उधाेग वाणिज्य संघ तयार रहेको प्रष्ट पार्नु भयाे ।

कार्यक्रमलाई समापन गर्दै करदाता सेवा कार्यक्रम गाैर राैतहटका प्रमुख गुप्ताले कुनै पनि संस्था भए अनिवार्य रूपमा प्यान नम्बर लिनु पर्ने बताउनु भन्नू भयाे । अनुगमन टाेली बेलाबेला आउने भएकोले अनिवार्य रूपमा करदाताहरूले नियम पालन गर्नु आग्रह गर्नु भयाे । समयमा कर चुक्ता गर्न समेत आग्रह गर्नु भयाे । अनुगमन टाेली आउँदा पसल छाेडेर नभाग्न व्यापारीहरू लाई आग्रह गरे । भाग्नु भन्दा पसलमा प्यान नम्बर टाँसन,बिल काटन सहितका नियमहरू पालन गरेर बस्न अनुराेध गरे । दर्ता नगरी कुनै काराेबार नगर्न अपिल गरे । आजकाे करदाता शिक्षा कार्यक्रमबाट सिकेका कुराहरू आत्मसात गर्न सहभागीहरू लाई आग्रह गर्नु भयाे ।

साे अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला कार्य समिति सदस्य रामप्रवेश बैठा,करदाताहरू,अडिटरहरू,कर सहयोगी, फर्मकाे प्रतिनिधि र अन्य निकायका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।