July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

श्री आदर्श सामुदायिक प्रावि खतबहियामा बिधालय भवनकाे गरियो शिलान्यास

राम प्रबेश बैठा ,राैतहट,१६ गते मंसिर २०७९
राैतहटकाे गुजरा नगरपालिका वडा नं. ६ को श्री आदर्श सामुदायिक प्राथमिक विधालय खतबहियामा दु कोठे भवन शिलान्यास भएको छ । गुजरा नगरपालिकाले शिक्षा क्षेत्रमा सराहनीय कार्य गर्दै गईरहेकाे छ । साे नगरपालिकाले सामुदायिक बिधालयहरूकाे भाैतिक संरचना सुधार गर्न दह्रो रूपमा अगाडि बढिरहेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको २२ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख सन्तलाल चाैधरी र उपप्रमुख रत्ना लामाले शिलान्यास गर्नुभएको हो ।
भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावमा केही समाधान हुने भएको छ । गुजरालाई शिक्षाको हब समेत बनाउन शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे नगरप्रमुख चाैधरीले बताएका छन् ।
साे अवसरमा गुजरा नगरपालिकाका नगरप्रमुख सँगै उपप्रमुख रत्ना लामा, प्रमुख प्रशासकीय अधिकृत बिनाेद जयसवाल,शिक्षा प्रमुख शिवमंगल शाह,वडाध्यक्ष शेष अबदुल सलाम,प्रधानाध्यापक रिता देवि चाैधरी,बिधालय व्यवस्थापन समितिका अध्यक्ष जमसैद अन्सारी लगायत शिक्षक-शिक्षिका, छात्रछात्रा,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूकाे उपस्थिति रहेकाे थियाे ।