July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटक्षेत्र नं ४ ख मा अन्य उम्मेदवारको तुलनामा रवि जयसवाल धेरै अघि

रौतहट, १८ गते कार्तिक
स्वतन्त्र उम्मेदवार रवि जयसवालले जसपा र एमालेका संयुक्त उम्मेदवार सेख अबुल कलाम आजाद (फुलबाबु)लाई कडा टक्कर दिएका छन् । जिप छाप लिएर पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका जयसवालले रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ (ख) का निवर्तमान प्रदेश सांसद फुलबाबुलाई कडा चुनौती पेश गरेका छन् ।
२०७४ को चुनावमा स्वतन्त्रबाट जितेका फुलबाबुले १२५ भोटले काङ्ग्रेसका उम्मेदवार रामाज्ञा रायलाई पछाडी पारी जित हासिल गरेका थिए । जनताको जनमतको कदर नगर्नेलाई यसपाली भोट नहाल्ने सोचमा मतदाता देखिन्छ । उनले केहि समय अगाडी प्रदेश सांसदबाट राजिनामा दिएर गढीमाई नगरपालिकाको मेयर पदमा चुनाबमा लडेका थिए । उनि निवर्तमान मेयर श्याम राय यादव संग हार्न पुगे । त्यसपछी पुनः उनी जसपा पार्टीबाट टिकट लिएर प्रदेशमा उठेका छन् । सांसद भएपछि जनताबाट टाढा बस्ने गरेको आरोप समेत फुलबाबुमाथि लाग्ने गरेको छ ।
त्यस क्षेत्रका जनताले फुलबाबुको विकल्प खोजीरहेको बेलामा युवा भिजन भएका रवि जयसवालले स्वतन्त्र उम्मेदवारी दिएपछि मतदातामा उनी प्रति आकर्षित भएका छन् । गरुडा नगरपालिकाका मेयर कन्थमणी प्रसाद जयसवालका कान्छो छोरा रवि जयसवाल एमाले जसपा गठबन्धनबाट टिकट नपाएपछि उनले स्वतन्त्र रुपमा उम्मेदवार दिएका हुन् ।
विगत लामो समयदेखि सफल ब्यवसायि तथा विभिन्न समाजसेवामा सक्रिय रहेका जयसवालको उम्मेदवारीले मतदाता समेत उत्साहित भएको पाइएको छ ।
रौतहट क्षेत्र नम्बर ४ (ख)मा आज गढीमाई नगरपालिका–३ र ९ गम्हरिया,लक्ष्मीपुर र चिरचिरियामा घरदैलोमा पुगेका रविको चुनाव छाप जिप छाप प्रति जनताको क्रेज बढ्दो देखिएको छ । रौतहट क्षेत्र नम्वर ४ (ख) का स्वतन्त्र उम्मेद्वार रवि जयसवालले आफ्नो जितको आधार मतदाताले देखाएको सद्भाव र मायाँ भएको बताएका छन् । स्वतन्त्र उम्मेद्वार जयसवालको पक्षमा मतदान गर्न आह्वान गर्दै स्वस्फूर्त रुपमा मतदाताहरु नै घरदैलो गरिरहेका छन् ।
यस अघि जितेर गएकाहरु फर्केर नआउने गरेको भन्दै अब दलीय उम्मेद्वारलाई नभई स्वतन्त्र उम्मेद्वार जयसवाललाई विजयी बनाउने गरि आफूहरु घरघरमा पुगिरहेको चिरचिरिया टोलका एकजनाले बताए । कुनै पनि पदमा नरहँदा पनि जयसवाल युवालाई अगाडी बढाऊन र समाजमासेवामा खटेकाले उनलाई जिताएर पठाए यस क्षेत्रको विकासका साथै दबिएका आबाज बुलन्द हुने जनताको विश्वास छ ।