July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

उपचारकाे क्रममा गरुडाका छबिलाल साहको मृत्यृ

रौतहट कार्तिक १८ गते

प्रेमचन्द्र झा

राैतहट। गरुडा नगरपालिका वडा ९ सिसवा धमौरा निवासी छविलाल साह उपचारकाे क्रममा मृत्यु भएको छ । वयाेधा अस्पतालकाे सघन कक्षमा उपचारको क्रममा शुक्रबार राति करिब ८:४५ बजे मृत्युु भएको हाे ।
अशाेज २६ गते बुधबार विहान ८ बजे सो घटमाथी ज्यान मार्ने उदेश्यले गाऊँकै केहि व्यक्तिले फलामको रड र घरेलु हतियारबाट आक्रमन गरि गम्भीर घाइते बनाएका थिए ।५२ बर्षिय साहकाे साेहि दिन देखि बयोधा होस्पितल बिरगंजमा उपचार भई रहेको थियो । लामो समय सम्म अचेत अवस्थामा उपचार भई रहेको थियो । जिल्ला प्रहरी कार्यलय का प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगरको निदेशनमा धटनामा संलग्न व्यक्तिहरु उपर ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता भएको थियो । सो घटनाको जाहेरी दर्ता भए लगत्तै आरोपी संलग्न दोषिलाई पक्राउ गर्न प्रहरी प्रयासरत रहेका छन । आरोपी मध्येका विसुनदयाल यादवलाई प्रहरी नियन्त्रणमा लिन सफल भएको र बाकीको खाेजी तथा घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।

 

(पीड़ितलाई न्याय र दोषीलाई कड़ा भन्दा कड़ा करवाईको मांग गर्दै मृतक छविलाल साहको छाेरा सजय कुमार साहले ईलाका प्रहरी कार्यालय गरुडा दर्ता गराउनु भएको जाहेरी प्रस्तुत छ) ।

श्री इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पेश गरेको

जाहेरी दरखास्त

प्रहरी कार्यालयले भर्ने:

दर्ता नं.

दर्ता मिति:

१ जाहेरी दरखास्त वा सुचना दिने व्यक्तिको नाम, थर, ठेगाना र टोल सहितः-छविलाल साहको छोरा जिल्ला रौतहट साविक गा. वि. स. रघुनाथपुर वडा नं. ८ हाल गठ गरुडा नगरपालिका वडा नं. ९ टोल सिसवा धमौरा बस्ने बर्ष ३४ को संजय कुमार साह मो. नं.९८२०९०६२७४— २ कुन कानुन वा मुद्दा वारे दरखास्त वा सुचना गरेको हो:- ज्यान मार्ने उद्योग गरेको ।

३ कसुर गर्ने व्यक्तिको नाम, थर, ठेगाना टोल सहितः नागा राय यादवको छोरा जिल्ला रौतहट साविक गा. वि. स. रघुनाथपुर वडा नं. ८ हाल गठित गरुडा नगरपालिका वडा नं.९ टोल सिसवा धमौरा बस्ने अं. बर्ष ४५ को बृजकिशोर राय यादव १

‘भुटा राय यादवको छोरा ऐ. ऐ. बस्ने अंधर्ष ४० को विसुनदयाल राय यादव ——२ भुटा राय यादवको छोरा ऐ. ऐ. बस्ने अं.बर्ष ३० को संदिप राय यादव——-३ बिसुनदयाल राय यादवको छोरा ऐ. ऐ. बस्ने अं. बर्ष २७ को देवेन्द्र राय यादव —–४ परदेशी राय यादवको छोरा ऐ. ऐ. बस्ने अं. बर्ष ५२ को जोगेन्द्र राय यादव —-…

-५

जोगेन्द्र राय यादवको छोरा ऐ. ऐ. बस्ने अं. बर्ष २८ को शिवशंकर राय यादव —–६०

रामबाबु राय यादवको छोरा ऐ. ऐ. बस्ने अं. बर्ष ४२ को गणेश राय यादव ७ रामबाबु राय यादवको छोरा ऐ. ऐ. वस्ने अं.बर्ष ३२ को लडाई राय यादव ८ जोगी राय यादवको छोरा जिल्ला रौतहट साविक गा. वि. स. रघुनाथपुर वडा नं. ७

हाल गठित गरुडा नगरपालिका वडा नं. ९ टोल सिसवा धर्मोरा बस्ने अं. बर्ष ३६ को किशोरी राय यादव .९

४ कसुर गर्ने व्यक्तिको बाबु आमाको नाम:- माथि उल्लेख भएको र आमाको नाम थाहा नभएको ।

५ कसुर सम्बन्धी बिवरण:

क कसुर भएको वा भई रहेको वा हुन लागेको स्थान, ठाउँ, मिति र समय:- गाउँ घरको पूर्व पश्चिम चौडा र उत्तर दक्षिण लामो पूर्व पश्चिम लामो र उत्तर दक्षिण चौडा ग्रेभल सडकबाटोको दक्षिणमा बिपक्षी बिसुनदयाल राय यादवको ग्वास घर तथा सडकको उत्तर पश्चिममा भएको मंगनी साहको बसोवास घरको पूर्वमा भएको सार्वजनिक ग्रेभल सडक बाटोमा यहि मिति २०७९ साल असोज २६ गते बुधवारको दिन बिहान अं. ८:०० बजेको समयमा ।

ख कसुरसंग सम्बन्धित घटनाको बिवरण:-यहि मिति २०७९ साल असोज २६ गते बुधवारको बिहान अं.७:३० बजेको कुरा हो म जाहेरवालाको गाउँमा मधेश प्रदेश सरकारवाट अनुदानमा आएको हैण्डपाईप जडान गरिएको बिषयमा मेरै गाउँको प्रदिप बिक्रम साह र उल्लेखित विपक्षीहरु बिच माथि प्रकरण ५ को (क) मा उल्लेखित स्थान ठाउँमा विवाद झैँ झगडा हुँदा सो कुरा म जाहेरवालाको बाबु छविलाल साहले सुनी उक्त ठाउँमा पुगि झगडा गर्ने दुवै पक्षलाई सम्झाई बुझाई उक्त झगडा छोड दिनु भएको र निज विपक्षीहरु तथा म जाहेरवालाको परिवार बिच गाउँ घरको विवाद भएको कारण बिपक्षीहरु मेरो परिवारको गाउँ घरको बिरोधी व्यक्तिहरु रहेकाले मेरो बाबु छविलाल साह गाउँ घर देखि उत्तर तर्फको सरेहमा रहेको खेत जग्गामा लागेको धान बाली हेर्न भनि एक्लै माथि उल्लेखित मितिको बिहान अं.८:००बजे आफ्नो घरवाट हिडी सोही बिपक्षी बिसुनदयाल राय यादवको ग्वास घर र मंगनी साहको बसोवास घरको पूर्व तर्फ रहेको सार्वजनिक ग्रेभल सडक वाटोमा पुग्दा बिपक्षीहरुले मेरो बाबुलाई हेरि यो गाउँ घरमा आफ्नो जातको पक्ष लिने गरेको हाम्रो बिरोधी व्यक्ति रहेकाले यसलाई पनि समाती यहि ज्यान मारी फाली देउ जो परे म बुझाउँला भनि बिपक्षी मध्येका बृजकिशोर राय यादवले वचन दिंदा सो बचन अरु बिपक्षीहरुले मानी बिपक्षी बृजकिशोर राय यादव र संदिप राय यादवले आ-आफ्ना हातमा फलामको रड लिएको र अरु विपक्षीहरुले आ-आफ्ना हात हातमा बाँसको

लाठी लिई मेरो ५२ बर्षको बाबुलाई पनि समाती सोही सार्वजनिक सडक बाटोमा नै बिपक्षी बृजकिशोर राय यादव र बिपक्षी संदिप राय यादवले आ-आफ्ना हातमा लिएका फलामको रडहरुवाट संवेदनशील अंग टाउकोमा दनादन प्रहार गरेकाले सो रडको प्रहारवाट निज बाबु सोही सडक बाटोमा लडी सो पछि बाँसका लाठी लिएका “उल्लेखित बिपक्षीहरु र फलामका रड बोकेका बिपक्षीहरु समेतले मेरो बाबुको सम्पुर्ण अंग जीउमा प्रहार गर्दा निज बाबु बेहोश भई मर्नासन्न अवस्थामा पुगेकाले सो कुरा निम्न लेखियाका प्रत्यक्षदर्शीहरु लगायत गाउँ घरका अरु व्यक्तिहरुले बिपक्षीहरुको प्रतिकार गर्दा बिपक्षीहरुले निज बाबुलाई मर्ना सन्न अवस्थामा छोडी त्यहाँबाट भाग फरार भएका थिए र अरु गाउँ घरका व्यक्तिहरुले हेरि म जाहेरवालाको घरमा पुगि भन्दा म जाहेरवाला समेतका परिवारका सदस्यहरुले दौड्दै घटना स्थलमा पुग्दा म समेतका गाउँ घरका ब्यक्तिहरुले बाबुलाई हेरि उठाउन लाग्दा त्यतिकैमा बिपक्षीहरुले म समेतलाई हेरि त्यहाँवाट दौड्दै भागी रहेको हेरी म जाहेरवाला समेतका गाउँ घरका व्यक्तिहरुले निज बाबुलाई एम्बुलेन्समा राखी तत्काल उपचारको लागि गरुडा स्थित हेल्थ ल्याण्ड हॉस्पीटलमा भर्ना गरि त्यहाँ उपचार नहुने भएकाले रेफर गरि दिएकोमा पुनः बाबुलाई एम्बुलेन्समा राखी त्यहाँवाट श्री नारायणी ब्योधा अस्पताल वीरगंजमा पु-याई भर्ना गरि त्यहाँ उपचार हुँदा निज बाबुको टाउकोको अप्रेशन भई हाल सम्म निज बाबुको अवस्था साह्रै गम्भिर रहि मर्ने बाँच्ने दोसाँधमा नै रहेकाले हाल निज बाबु सोही अस्पतालको ICU कक्षमा भर्ना भई उपचार भई रहेको हुँदा यसरी बिपक्षीहरुले गाउँ घरको रिस ईवीको कारण जरियावाट मेरो बाबुको ज्यानै मार्ने उद्देश्य मंसायले फलामको रडहरु तथा बाँसको लाठीहरु समेतवाट संवेदनशील अंग टाउको लगायत अरु सम्पुर्ण अंग जीउमा संघातिक प्रहार गरि सो बिपक्षीहरुको उक्त प्रहारबाट निज बाबुको ‘ • अवस्था हाल सम्म मर्ने बाँच्ने दोसाँधमा

रहेकाले यो जाहेरी दरखास्त दिएको छु । ग अतः निज बिपक्षीहरुलाई अबिलम्ब यस कार्यालयवाट खोज तलास गरि पक्राउमा पारी विपक्षीहरु जानी जानी मंसाय पूर्वक मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १८३ को उपदफा (१) बमोजिमको कसुर अपराधमा ऐ. संहिताको दफा १८३ को उपदफा २ बमोजिम विपक्षीहरुलाई दण्ड सजाय हुने गरि तथा ऐ. संहिताको दफा १८६ बमोजिम पिडित व्यक्ति तथा निजको परिवारका सदस्य छोरा म जाहेरवालालाई क्षतिपुर्ति समेत दिलाई भराई पाउने गरि आवश्यक कानुनी कार्यवाही गरि पाउँ ।

घ कसुरसंग सम्बन्धित सबुद, प्रमाणः उक्त वारदात घटना देख्ने प्रत्यक्षदशीहरु जिल्ला.. रौतहट गरुडा नगरपालिका वडा नं.९ बस्ने मंगनीराम साह तेली-१ ऐ. ऐ. बस्ने गुलटेन साह-१ ऐ. ऐ. बस्ने सिकिन्द्र दास तत्मा- १ र ऐ. ऐ. बस्ने श्रीचन साह समेतलाई झिकि बुझि पाउँ साथै निज बाबुको उपचार भएको वा भई रहेको गरुडा स्थित हेल्थ ल्याण्ड अस्पताल र हाल श्री नारायणी व्योधा अस्पताल वीरगंजमा उपचार भई रहेको प्रमाणहरु झिकि बुझि प्रमाणमा लगाई पाउँ ।

६ यो दरखास्तको व्यहोरा ठिक साँचो छ, झुठ्ठा ठहरे ब्यहोरा लेखेको ठहरे कानुन बमोजिम सहुला बुझाउँला । प्रहरी द्धारा अनुसन्धान हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुनु पर्ने

जनाउ पाए सो बमोजिम उपस्थित हुने छु ।

जाहेरी वा सुचना दिने व्यक्तिको सहि

संजय कुमार साह

ईति सम्बत २०७९ साल असोज गतेरोज मा शुभम्-