४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बनमारा झार भएको बताएका छन् । ओलीले संवैधानिक फूलहरुको बगैंचामाथि आक्रमण गरेको पनि उनले बताएका छन् ।
‘ओली त बनमारा झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइछाडे,’ भुसालले भने, ‘बनमाराले आफ्नो अस्तित्व पनि संकटमा पार्नै गरि बगैंचा उजाड बनाउने कोशिस गर्यो ।’
भुसालले ओलीले देशको संवैधानिक व्यवस्थामाथि पनि प्रहार गरेको बताएका छन् ।
उनले पन्चहरुलाई एमालेको टिकट दिए पनि पार्टीमा लामो समय काम गरेकाहरुलाई टिकट नदिएको आक्रोश पोखेका छन् । ‘यस्तो पनि हुन्छ ?’ उनले प्रश्न गरेका छन् ।
उनले एमालेकै भए पनि इमान्दार कार्यकर्ताले आफूलाई साथ र समर्थन गर्ने विश्वास आफूले लिएको बताएका छन् । फरकधार
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार