July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रवि लामिछानेको पार्टीको संकल्प- भ्रष्टाचार गर्दैनौँ, गर्नेलाई छोड्दैनौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछोड्ने एजेण्डा अघि सारेको छ ।

बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने संकल्प लिएको हो । स्वतन्त्र पार्टीले भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएकाले त्यसविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने पनि वाचा गरेको छ ।

कानुन अनुसार गर्नुपर्ने काम नगरे वा ढिलो गरे अनि नगर्नुपर्ने काम गरे त्यसलाई पनि भ्रष्टाचार मानेर दण्डित गर्ने स्वतन्त्र पार्टीको प्रतिबद्धता छ । स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुख्य अपराधीसँगै मतियारहरूलाई पनि समान कारबाही गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । भ्रष्टाचारसम्बन्धी सूचना दिने सूचकलाई प्रोत्साहन तथथा संरक्षण गर्न सूचक संरक्षण ऐन बनाएर लागू गर्ने प्रतिबद्धता स्वतन्त्र पार्टीले गरेको छ ।

ललिता निवासको सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी खरिद काण्ड, कोभिड भ्याक्सिन काण्ड,  यती र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्डलगायत भ्रष्टाचारको आशंका गरिएका र देशव्यापी विवाद बहस भएका मुद्दाका फाइल खोल्ने विषय पनि घोषणापत्रमा समेटेको छ ।