May 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गुजराको कनकपुरमा गठबन्धनको निर्वाचन सम्पर्क कार्यालयको राज्यमन्त्री यादवले उद्धघाटन

आरके श्रीस्वास्तव,रौतहट, कार्तिक १६गतेरौतहटको गुजरा नगरपालिका वडा नं. ४ मा गठबन्धनका उम्मेदवारले आफ्नो निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र क्षेत्र नम्बर ३ क का प्रदेशसभा उम्मेदवार नागेन्द्र राय यादवको चुनाव प्रचार प्रसार प्रायोजनका लागि सो कार्यालय स्थापना गरिएको छ । ग्ठबन्धनको सम्पर्क कार्यालयको आज उद्घघाटन भएको छ ।

 

मधेश प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादवले एक समारोहका बिच पार्टी कार्यालयको उदघाटन गरेका हुन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाइ लक्षित गरेर सो कार्यालय स्थापना गरिएको छ ।  कार्यक्रममा बोल्दै यादवले सम्पर्क कार्यालय स्थापना भएसँगै चुनाव प्रचारमा मदत पुग्नुका साथै गठबन्धनका उम्मेदवार र जनता बिचको सम्बन्ध स्थापना हुने बताए । सम्पर्क कार्यालय उद्धघाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता केपी चौलागाइ,युवराज ज्ञवाली लगायत गठबन्धनका नेताहरुको सहभागीता रहेको थियो ।