July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा विजयपुरमा बहुक्षेत्रिय पाेषण कार्यक्रम टिसर्ट वितरणमै सिमित,रकम हिनामिना गर्ने नियत

राजु श्रीवास्तव राैतहट,गते २०भदौ
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाको बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित राख्न खाेजिएकाे हाे । बजेट हिनामिना गर्ने नियतले कुनै पनि कार्यक्रम सञ्चालन गरिएको थिएन् । बज्जिकाञ्चल खबरमा समाचार प्रकाशन भएपछि टिसर्ट वितरण गर्न सुरू गरिएकाे छ । अहिले केही संख्यामा मात्र टिसर्ट वितरण गरि लाखौं रकम पचाउन खाेजिएकाे हाे । कामै नगरी बजेट हिनामिना गर्ने नियतले यस्तो गर्न लागिएकाे हाे ।
गत आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्नु पर्ने कार्यक्रम अहिलेसम्म सकाईएकाे छैन् । गत भदौ ०२ गते गत बुधबार बहुक्षेत्रिय पाेषण कार्यक्रम नगर स्तरीय पाेषण तथा खाद्व सुरक्षा निर्देशक समितिकाे बैठक तथा अभिमूखिकरणकाे नाममा एक दिनमै १३ लाख बजेट सकाउन खाेजिएकाे थियो । बहुक्षेत्रीय पाेषण कार्यक्रममा अनियमितता भएको शिर्षककाे खबर बाहिर आएपछि टिसर्ट वितरण गर्न सुरू गरियाे ।
कार्यक्रम संयाेजक मुकेश साहले कार्यक्रम नै सञ्चालन नगरी भुक्तानी लिएकाे बुझिएको छ । कार्यक्रम सञ्चालनका लागि उनले करिब १३ लाख रूपैयाँ पेश्कीकाे रूपमा लिएकाे स्राेतले जनाएको हाे ।
नगरपालिकाले गाउँका सुत्केरी, गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण योजना अन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) को सहयोगमा साे नपाका वडामा महिलाहरूलाई कुखुरा, घिउ तथा पाेषण सामाग्री वितरण गर्नका लागि आएकाे रकममा अनियमितता गरेको आरोप छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा सकाउनु पर्ने कार्यक्रम चालू आर्थिक वर्ष २०७९/८० काे एकै दिन कार्यक्रम गरि सकाउन खाेजिएकाे थियाे । भदौ ०२ गते भएको कार्यक्रममा टाँसिएको बैनरमा मिति पनि लेखिएको थिएन । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवलाई राजनीतिक दबाब दिलाई कामै नगरी पेश्कीकाे रकम हिनामिना गरेका छन् ।
बहुक्षेत्रिय पाेषण कार्यक्रममा अनियमितता भएकाले छानबिन हुनुपर्ने माग स्थानीयको छ ।
बाल र मातृ मृत्युदर घटाउन र विपन्न तथा सीमान्तकृत वर्गका गर्भवती महिला तथा २ वर्षमुनिका बच्चालाई पोषण प्रदान गर्ने उद्देश्यले साे कार्यक्रम सञ्चालित रहेकाे छ । कार्यक्रम सञ्चालन भएको भए करिब २७ लाख जति बजेट आउने थियाे । तर कार्यक्रम नै नगरेकाेले बहुक्षेत्रिय पाेषण कार्यक्रमका लागि १३ लाख मात्र बजेट उपलब्ध गराईएकाे हाे ।
यस विषयमा कार्यक्रम संयाेजक साह सँग साेध्दा सम्पर्क हुन सकेकाे छैन् । बहुक्षेत्रिय पाेषण कार्यक्रमका मधेस प्रदेश संयाेजक हेमन्त झा सँग साेध्दा प्रेग्रेसिङ्ग रिपोर्ट अहिलेसम्म नआएकाेले यस बारे केही बाेल्न नमिल्ने बताए ।