July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट जिल्लाको क्षेत्र नम्बर ३ अन्तर्गत धुवाँ मुक्त अभियान अन्तर्गत कटहरियामा बितरण सम्पन्न

रामप्रवेश बैठा,राैतहट,१८ गते भदौ

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत धुवाँ मुक्त अभियान अन्तर्गत कटहरियामा आज नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साहको बिषेस पहलमा धुवाँ चुल्हो मुक्त अभियान सफल हुदै गएकाे छ ।राैतहट जिल्लाकाे  कटहरियामा ग्यास सिलिण्डर तथा चूल्हों वितरण गरिएको छ ।कटहरिया स्थित सहिद जनयुद्ध स्मृति प्रतिष्ठानमा आज शनिबार एक कार्यक्रमका बिच ग्यास सिलिण्डर तथा चूल्हों वितरण गरिएको छ ।पुर्वमन्त्री प्रभु साहको “धुवाँ चुल्हो मुक्त अभियान” अन्तर्गत आज कटहरिया नगरपालिकाको वडा नम्बर ९ का वडावासीहरू लाई वितरण गरिएको छ । ५५० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । यससँगै अब कटहरिया नगरपालिका पनि धुवाँ चुल्हो मुक्त नगर बन्ने निश्चित भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तर्गत ९ नम्बर वडाका घर परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको पूर्व वार्ड अध्यक्ष रामअज्ञा यादवले जानकारी दिनुभयो । नगरपालिकाले गत आर्थिक बर्षमा ग्यास सिलिण्डरसहित चुल्हो खरिदकाे लागि बजेट विनियोजन गरेको थियो । ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको कटहरिया ९ डुमरियाका स्थानीयहरूले बताए ।नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा, पार्टी क्षेत्रिय ईन्चार्ज एवं पुर्व मेयर सियाराम कुशवाहा, युवा संघको प्रदेश सह-ईन्चार्ज नरेश तुरहा, नगर कमिटी ईन्चार्ज योगेन्द्र साह,वडा नम्बर ९ का वडा अध्यक्ष रूपेश,वड़ाध्यक्ष चन्दन कुशवाहा,वडा अध्यक्ष श्यामाकान्त यादव लगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण कार्यक्रम गरिएको हो ।