July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको क्षेत्र नं ३ बाट पुर्व मन्त्री प्रभु साह र प्रदेश सभामा कुशवाहाको एकल नाम सिफारिस

राम प्रबेश बैठा राैतहट, भाद्र १८ गते
नेपाल कम्युनिस्ट पार्टी एमालेकाे राैतहट जिल्लाकाे क्षेत्र नम्बर ३ को क्षेत्रिय समन्वय समितीको भेला आज आयोजित कार्यक्रम कटहरियामा सम्पन्न भएको छ । साे कार्यक्रममा सहभागी हुनुभएको एमालेकाे क्षेत्रिय पार्टी अगुवा कार्यकर्ता भेला शनिवार सम्पन्न भएको हाे । साे भेलाले क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यकाे लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साह र प्रदेश सभाको लागि कुन्दन कुशवाहाको एकल नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ३ का सम्पुर्ण नेता कार्यकर्ताहरुको प्रस्तावमा साह र कुशवाहाको एकल नाम सिफारिस गरेको कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले जानकारी गराउनु भयाे ।
मंसिर ४ गते हुने चुनावको लागि राैतहट क्षेत्र नम्बर ३ मा साहको नाम सर्वसहमतिले पारित भएको बताए ।
प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ क मा टुंगो लागेको छैन् ।
त्यस्तै राैतहट क्षेत्र नम्बर ३ ख मा केन्द्रीय सदस्य कुशवाहाकाे एकल नाम सिफारिस गरेकाे छ ।
साे अवसरमा पूर्व मेयर सियाराम कुशवाहा,देवाही गाेनाहीका मेयर प्रेम लाल साह नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर जी चनदेश्वर बैठा ठगा दास मौलापुर नगरपालिका उपमेयर नागेन्द्र यादव फतुवा बिजयपुर नगरपालिका मेयर प्रत्यासी बिजय यादव निर्बिज र वाड नं २ सितलपुर बर्गिनियाका वाडाध्यक्ष संजय प्रसाद यादव लगायत सयौं नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।