July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राप्रपा बिरगंजका महानगर अध्यक्ष जलेशवर सरार्फको छोरा टाँगाको ठक्करबाट गम्भीर घाईते।

बिरगंज/३ साउन पवन कुमार

मिति २०७९/०३/२९ गतेका दिन बिरगंजमा अप्रिय घटना घटेकोछ। राप्रपा बिरगंज महानगरका अध्यक्ष जलेशवर सरार्फका जेठो छोरा राजविक्रम साहले संचालन गरेका जयमा गायत्री ज्वेलर्सबाट आफ्नो काम बिशेषले बिरगंज रेल्वे रोड स्थित कुमारटोल तर्फ जादा सामुदायिक प्रहरी सेवाकेन्द्र बिट नजिकै बिपरित दिशा रक्सौल तर्फबाट आईरहेका टाँगाले बाईपास रोडमा घुमाउन खोज्दा मोटरसाइकल अन बाईलेन्स हुदा ठक्कर लागेर राजको दाहिने साईडको छातीमा गम्भीर चोटलागेको छ। हाल राज सरार्फ काठमाडौं स्थित के.एम.सि. हस्पिटलको आई.सि.यु.मा थप उपचारका लागी भर्ना रहेका छन। छाती भित्र गम्भीर चोटलागेर घाइते रहेका राज सरार्फ अहिले जीवन र मृत्युसंग लडीरहेका छन।यता टाँगा चालक छपकैया वाडा न:-२ निवासी प्रहरीले नामसमेत नबताउन चाहने चालक तारिखमा रहेका भनेर घाइतेका बुवा जलेशवर सरार्फले ९८५५०९०१४४ मा फोन गरेर बुझ्न खोज्दा प्रहरी हवल्दार रामबिस्वास यादवले गैरजिम्मेवार तरिकाले बताएका छन। प्रहरी हवल्दारसंग कुरा गरेको फोन रेकर्ड सरार्फसंग सुरक्षित रहेको भनेर दाबी गरेका छन।यहि बिषयमा पटकपटक कुरा गर्नखोज्दा पर्साका एसपी रमेश बस्नेतको फोन उठेको थिएन। लगतै राप्रपाका नगर अध्यक्ष समेत रहेका सरार्फले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई फोन मार्फत काठमाडौंबाट जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी उमेश ढकालले यो बिषयमा म एसपी साहबसंग कुरा गर्छु भनेर आश्वासन दिएका थिए। स्थानीय प्रसाशनको लापरबाहीले पटकपटक बिरगंजमा टाँगाबाट दुर्घटना हुदा समेत अहिलेसम्म टाँगाको बाटो न छुटयाउदा यस्तो दुर्घटना निमतिने गरेको छ। टाँगाको बिमा नम्बर प्लेट चालकको लाईसेन्स र संघ संस्था समेत नहुदा यस्तो लापरबाही तवरले टाँगा संचालनको लागी कुन निकाय र कार्यालयले अनुमती दिएको छ। त्योभने अनुसन्धानको बिषय बनेकोछ। टाँगाको दुर्घटनाबाट ज्यान जादा यस्को जिम्मेवारी कस्ले र कुन निकायले लिने भने अर्को विडम्बना रहेकोछ। सरार्फले हाम्रो न्युज पोर्टलमा जानकारी गराएका छन।