रामप्रवेश बैठा,रौतहट,१६ गते असार २०७९
रौतहटका मौलापुर नगरपालिका क्षेत्रमा लालबकैया नदीले गरिरहेको कटानको अनुगमन गरिएको छ । मौलापुर नगरपालिका–१ मर्यादपुर क्षेत्रमा लालबकैया नदीले गरिरहेको कटानको आज बिहिबार अनुगमन गरिएको हो ।
नगरप्रमुख रिना कुमारी साह सहितको टोलीले नदी कटानको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए । मेयर साह,उपमेयर नागेन्द्र राय यादव, प्रमुख प्रशासकीय अधिकृत साह लगायतले अनुगमन गरेका थिए ।
नदी कटानको अनुगमन गर्दै मेयर साहले रोकथामका लागि तत्काल कदम चाल्ने बताए । लालबकैया नदीमा जलस्तर बृद्धिले जग्गा कटान भइरहेको छ ।
बेमौसमी वर्षाका कारण लालबकैया नदीमा आएको बाढीले जिल्लाको विभिन्न ठाउँमा जग्गा कटान तीव्र बनाएको छ । नदीको बहाव उच्च बनेपछि स्थानीय बासिन्दाको जग्गा कटानसँगै लगाएको बालीमा क्षति पुर्याएको छ ।
स्थानीय बासिन्दाले नदीमा जाली बोल्डरले कटान रोकनको लागि निर्माण गर्न वर्षौँदेखि माग गर्दै आए पनि बेवास्ता हुँदै आएको छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय